ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यागमनका कर्मचारीलाई घुस बुझाउने होटल सञ्चालक फरार


एबीसी न्यूज
१५ माघ २०८०, सोमबार   ३ : ४०   बजे

काठमाडौं १५ माघ । भिजिट भिसामा सेटिङ मिलाए बापत विमानस्थल अध्यागमनका कर्मचारीलाई घुस बुझाउने होटलका सञ्चालक फरार भएका छन्।

काठमाडौंको सिनामंगलस्थित होटल बाल्टिक इनका सञ्चालक ४२ वर्षीय आशिष भन्ने केदारबहादुर खड्का फरार भएका हुन्।

उनीविरुद्ध पनि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो। होटल सञ्चालक खड्काले भिजिट भिसामा विदेश जाने नेपालीसँग अध्यागमन सेटिङ बिलाएबापतको रकम बिचौलियासँग लिने र अध्यागमनका कर्मचारीलाई दिने गरेको प्रहरीको दाबी छ।

 

प्रहरीले बुझाएको प्रतिवेदन अनुसार सञ्चालक खड्काले यसरी लिएको रकम अध्यागमनका अधिकृत नरवीर खड्कालाई बुझाउने गरेका थिए।

मोरङको पथरी शनिश्चरे नगरपालिका ७ घर भएका खड्का हाल लतिपुरको इमाडोलमा बस्दै आएका थिए।

बिचौलिया र अध्यागमनका कर्मचारीको जक्सन नै उक्त होटल भएको र धेरै पटक बिचौलियाले उनीमार्फत अध्यागमनका कर्मचारीलाई घुस दिएको बयान दिएका छन्।

नक्कली कागाजात तयार गरेर अध्यागमनका कर्मचारीको मिलेमतोमा नेपालीलाई विदेश पठाउने गरेको खुलेको छ।

यो गिरोहमा अध्यागमनका ९ कर्मचारीसहित २२ जना रहेको प्रहरीको निस्कर्ष छ। प्रहरीले २२ जनाविरुद्ध सरकारी कागजात किर्ते र संगठित अपराधको कसुरमा मुद्दा चलाउन रायसहित आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ।

सरकारी वकिल कार्यालयले बुधबारसम्ममा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरेको छ।

प्रहरीले पक्राउ परेका १० जना र फरार १२ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। फरार रहनेमा ८ जना अध्यागमनकै अधिकृतहरू छन्। अरु चार जना फरार छन्।

भिजिट भिसामा सेटिङको ‘रेट’ स् अध्यागमनका कर्मचारीले लिन्थे पुरुषसँग १७ हजार, महिलासँग ५० हजार
पक्राउ पर्नेमा नवलपारासीको कावासोती घर भई हाल चितवनको भरतपुर उपमहानगरपालिका ८ खैरहनी बस्ने ४४ वर्षीया गीता शाह, काठमाडौको तीनकुनेका ३७ वर्षीया अरुण दाहाल, सिरहाको मिर्चैयाका २७ वर्षीय सरोजकुमार यादव, पश्चिम रुकुमको सानोभेरी(१० घर भई हाल जाजरकोटको भेरी नगरपालिका बस्ने अध्यागमन अधिकृत ३७ वर्षीय नरवीर खड्का र रामेछापको दोरम्बा गाउँपालिका(७ का ३१ वर्षीय पदम लामा छन्।

यस्तै काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ बस्ने ३९ वर्षीय मनोज तामाङ, स्याङ्जाको चापाकोट नगरपालिका १ पैदीमगरेका ३९ वर्षीय रामप्रसाद भण्डारी, गुल्मीको सत्यवती गाउँपालिका ७ घर भई काठमाडौंको टोखा बस्ने स्काइ टुर्स एण्ड ट्राभल्सका संचालक दिनेश ज्ञवाली पनि पक्राउ परेका छन्।

उता स्याङ्जाको वालिङ नगरपालिकाका रविन अर्याल र मोरङको पथरी शनिश्चरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ४५ वर्षीय विनोद कार्की पनि पक्राउ परेका छन्। उनीहरुमाथि अनुसन्धान सकेर प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ।

फरार १२ जनालाई पनि प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ।

फरार रहनेमा विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अधिकृतहरु ताराबहादुर कुंवर, कुशल बराल, शैलेन्द्र ढकाल, बिमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागो रहेका छन्।

यस्तै सिनामंगलको होटल बाल्टिक इनका सञ्चालक ४२ वर्षीय आशिष भन्ने केदार बहादुर खड्का, बाराको सिमराकी २३ वर्षीया कौशिला मगर, सोलुखुम्बु घर भई मूलपानी बस्ने ४० वर्षीया लक्ष्मी राई र सिन्धुलीको कमलामाई नगरपालिकाकी ३४ वर्षीय रीता दमाईविरुद्ध पनि मुद्दा चलाउन प्रहरीको राय छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group