काठमाडौं, ४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्रका बीचमा देखिएका विवाद एक दुई दिनमा नै समाधान हुने बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सरकार गठन र पार्टी एकताबारे देखिएका केही समस्या समाधानका लागि दुवै पार्टीका नेताहरु लागिपरेको बताउनुभयो ।
पार्टी एकताका सवालमा मात्र विवाद नरहेको प्रचण्डको भनाइले स्ष्ट गरेको छ । अध्यक्ष प्रचण्डले ठूला नियुक्ति र मन्त्रीको भागबण्डा समेत नटुंगिएको भन्दै सबै विषय दुई दिनभित्र समाधान हुने बताउनुभयो ।
प्रचण्डले देशमा विकास र समृद्धिका लागि महत्वपूर्ण कदम चाल्नुपर्ने कुरामा सरककार सचेत हुने समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्