ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीलाई दक्षिणी सीमाक्षेत्रमा कडाई गर्न नाडाको आग्रह


एबीसी न्यूज
१७ माघ २०८०, बुधबार   ३ : ३१   बजे

काठमाडौं १७ माघ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका पदाधिकारीले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालको सीमामा कडाई गर्न आग्रह गरेका छन्। खुल्ला सिमानाका कारण अवैध समान आयात भएकौ भन्दै कडाई गर्न उनीहरूले माग गरेका हुन्।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भारतबाट भारीमात्रामा अनधिकृत रुपमा लुव्रिकेण्टस, टायर तथा अटोमोवाइल स्पेयर पाट्र्सको आयात हुँदै आएको गुनासो गरेका छन्।

 

अध्यक्ष चौधरीले नेपालमा मालबाहक भारतीय ट्रक निर्बाध ७२ घण्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्थाबाट नेपाली व्यवसायीलाई अप्ठेरो परेको बताए।

नेपालका मालवाहक सवारी साधनहरूको विक्री र त्यसको व्यवसायमा गम्भीर असर परेको भन्दै भारतीय मालवाहक साधनलाई नेपालमा २४ घण्टाको मात्र समयावधि र भन्सार बिन्दुबाट अधिकतम् १६ किमीसम्म मात्र सन्चालन गर्न दिने व्यवस्थाका लागि आग्रह गरेका छन्।

नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले नेपाल(भारत खुल्ला सीमानाका कारण यसले नेपालका लुव्रिकेण्टस र टायर(ट्युब उद्योगलाई गम्भीर असर परिरहेको बताए।

ती वस्तुहरूको अनधिकृत आयातका कारण नेपालमा बसेर आधिकारिक व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरू व्यवसायमा टिक्नै गाह्रो भएको उनले बताएका छन्।

गृहमन्त्री श्रेष्ठले पहिलेको २४ घण्टाको समयावधिलाई ७२ घण्टा पुर‍्‍याइएकोबारे समीक्षा हुने बताए। उनले सीमा नाकामा भइरहेको समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group