ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजश्व अनुसन्धान विभागका प्रमुखसँग ६१ किलो सुनबारे उच्चस्तरीय समितिको छलफल


एबीसी न्यूज
१७ माघ २०८०, बुधबार   ४ : २६   बजे

काठमाडौं १७ माघ । सुन तस्करीबारे छानबिन गर्न सरकारले बनाएको उच्चस्तरीय समितिले ६१ किलो सुन प्रकरणबारे राजश्व अनुसन्धान विभागका अधिकारीहरुसँग छलफल गरेको छ ।

सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाएर विभागका प्रमुख नवराज ढुंगानासहितका अधिकारीहरुसँग सुन प्रकरणबारे सोधपुछ गरेको समितिका एक अधिकारीले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन २ साउनमा विभागले बरामद भएको थियो ।

१९ दिनसम्म विभागले अनुसन्धान गरेपछि यसमा संगठित अपराधको तत्व देखिएको भन्दै थप अनुसन्धानका लागि फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी लाई बुझाइएको थियो । ‘घटनाको सुरुवाती अनुसन्धान विभागले गरेकाले त्यसबारे केही विषयहरु बुझ्न उहाँहरुलाई बोलाएका थियौं’, समितिमा एक सदस्यले भने ।

समितिले सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपी दुर्गा दाहालसँग पनि सोधपुछ गरेको समितिले जनाएको छ ।

समितिले चुडामणि उप्रेती गोरे मुछिएको ३३ किलो सुन प्रकरणदेखि विद्युतीय सिगरेट भेप मा लुकाएर भएको सुन तस्करीसहितका घटनाहरुलाई जोडेर छानबिन गरिरहेको छ ।

गृह मातहतको निकायमार्फत अनुसन्धान अघि बढाउँदा राजनीतिक नेक्सस नखुलेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आरोप लगाइरहेका बेला सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको थियो ।

तीन महिनाको अवधिमा काम नसकिएपछि समितिको म्याद पुनः थप भएको छ । यो अवधिमा समितिले आफ्नो कामलाई निष्कर्षतिर लगिरहेको छ । त्यसक्रममा विभिन्न निकायका पदाधिकारीसँग समितिले सोधपुछ गरिरहेको समितिका एक सदस्यले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu