ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दरबार हत्याकाण्डबारे बोल्दा प्रचण्डजीले मलाई सोध्नुपर्ने थियो : माधव नेपाल


एबीसी न्यूज
१८ माघ २०८०, बिहिबार   २ : ३९   बजे

काठमाडौं, १८  माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सल्लाह नगरी बोल्ने गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दरबार हत्याकाण्डबारे बोल्दा आफूसँग सोध्ने अध्यक्ष नेपालको भनाइ छ।

जनकपुरधाममा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्री प्रचण्डजीले यस्ता विषयमा सल्लाह नगरी बोल्नुहुन्छ, मसँग नै सोधे पनि हुन्थ्यो नि!, कमसेकम गिरिजाबाबुले मलाई सोध्ने गर्नुहुन्थ्यो, के गर्ने माधवबाबु भन्ने गर्नुहुन्थ्यो।’

कुनै पनि विषयमा प्रधानमन्त्री प्रचण्ड अलि छिटो बोल्ने गरेको अध्यक्ष नेपालको भनाइ छ।

‘यस्ता कुराहरूका बारेमा अलि सरसल्लाह गरेर गरे राम्रो हुन्थ्यो,’ उनले भने, ‘हामीसँग कुनै सल्लाह भएको छैन। हाम्रो प्रचण्डजी अलि छिटो बोल्ने गर्नुहुन्छ।’

प्रधानमन्त्री प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डबारे छानबिन हुने अभिव्यक्ति दिएका थिए।

गत माघ १५ गते बाराको सिमरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले २०५८ जेठ १९ गते राति नारायणहिटीमा भएको तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश घटनाबारे छानबिन हुने बताएका थिए।

‘पूर्वराजा (ज्ञानेन्द्र शाह) ले जे बोलेका छन्, बोल्नै नहुने कुरा बोलेका छन्। दरबार हत्याकाण्डबारे फेरि एकचोटी छानबिनतिर सरकार अगाडि बढ्दैछ,’ प्रधानमन्त्री प्रचण्डले भनेका थिए।

त्यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहले वीरगञ्जमा भएको कार्यक्रममा ०५८ सालमा भएको दरबार हत्याकाण्डबारे बोलेका थिए।

‘२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीका मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको थियो,’ पूर्वराजा शाहले भनेका थिए।

आफूहरूलाई त्यसबेला घातक प्रहार भएको पूर्वराजा शाहले बताए।

‘सत्य सधैं सत्य हुन्छ। असत्यको विजय कहिल्यै हुँदैन,’ उनले भने, ‘हाम्रामाझ प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो।’

पूर्वराजा शाहले दरबार हत्याकाण्डबारे अभिव्यक्ति दिएपछि (नेकपा एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कुशको मात्र राजा रहेको टिप्पणी गरेका थिए।

‘ज्ञानेन्द्र शाह भनेको राजा होइन। बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन्,’ गत आइतबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले भने, ‘अब यस्ता कुरामा के बहस गरिरहने बेकार।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group