ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘संविधान र सङ्घीयता कार्यान्वयनले मात्र प्रदेश बलियो हुन्छ’


एबीसी न्यूज
१८ माघ २०८०, बिहिबार   ३ : १७   बजे

काठमाडौं १८ माघ ।  कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले संविधान र सङ्घीयता कार्यान्वयनबाट मात्र प्रदेश तथा स्थानीय सरकार बलियो हुने बताउनुभएको छ ।

संविधानले तीनै तहका सरकारको एकल र साझा अधिकारको व्यवस्था गरेकाले ती अधिकार कार्यान्वयनका लागि मुलतः सङ्घीय सरकारको विशेष भूमिका रहने उहाँले बताउनुभएको हो । रासससँगको कुराकानीमा मन्त्री जिसीले भन्नुभयो, “संविधान प्रदत्त अधिकार लागू गर्न सङ्घीय सरकार नै अग्रसर हुनुपदर्छ । संवैधानिक व्यवस्थाअनुसार अभ्यास हँदै गए सङ्घीयताको मर्म पूरा हुन्छ ।”

सो कार्यका लागि यही माघ १४ गते गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सहभागी भएकोे बैठकले ‘प्रहरी समायोजन ऐन, २०७६’ तर्जुमाका लागि सङ्घ र प्रदेश सरकारबीच सहमति भएको उहाँले जानकारी दिनुभयो । लामो समयदेखि अगाडि बढ्न नसकेको प्रहरी समायोजनको कार्य गृह मन्त्रालयले शीघ्र अघि बढाउने निर्णय भएको मन्त्री जिसीले उल्लेख गर्नुभयो ।

उक्त बैठकले मुलुकको शान्ति र सुरक्षासम्बन्धमा प्रदेशगतरूपमा समीक्षा गर्नाका साथै सङ्घीय गृह मन्त्रालय र प्रदेश सरकारका सम्बन्धित मन्त्रालयबीच सहकार्य तथा समन्वयलाई थप सुदृढ बनाउने पनि बैठकले निर्णय गरेको उहाँको भनाइ थियोे ।

मन्त्री जिसीले भन्नुभयो, “गृह मन्त्रालयले प्रहरी समायोजन ऐन, २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरीक्षण र समन्वय ऐन०, २०७६ मा संशोधन गर्न आवश्यक देखिएका दफामा संशोधन गर्नुपर्ने निर्णयमा उल्लेख छ ।”

उहाँका अनुसार प्रहरी समायोजनका लागि उपरोक्त कानुन तर्जुमा तथा संशोधन गर्न केन्द्रीय सरकार र प्रदेश सरकारबीच सहमति, समन्वय र सहकार्य गरी अघि बढ्ने र बैठकको निर्णयसहितको सुझाव राष्ट्रिय समन्वय परिषद्लाई दिने निर्णय भएको छ ।

कर्णालीका नागरिक समाजका अगुवा पिताम्बर ढकालले नेपालको संविधानको अनुसूची ६ ले प्रदेशको अधिकारका साथै प्रदेश प्रहरी र शान्ति सुरक्षाको व्यवस्था गरेकाले त्यहीअनुसार अगाडि बढ्न सङ्घीय सरकारले सहज वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “संविधानमा व्यवस्था गरिएका हक अधिकार नै कार्यान्वयनमा आउने हो । ती अधिकार कार्यान्वयन भएमात्र सङ्घीय व्यवस्था बलियो भएर जान्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group