काठमाडौं १८ माघ । यातायात सुधार सुझाव कार्यदलले भौतिक पूर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई प्रतिवेदन बुझाएको छ।
१ वर्ष लगाएर गरेको अध्ययन प्रतिवेदन मन्त्रालयलाई बुझाएको हो। भौतिक पूर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रतिवेदन थन्क्याइने प्रवृत्ति रहेको बताउँदै अब कार्ययोजना बनाई अघि बढ्ने बताए।
मन्त्रालयका सचिव केशव कुमार शर्माले प्रतिवेदन कार्यन्वयन गर्न सक्ने खालको भएकाले कार्ययोजना बनाएर काम सुरू गर्ने बताए।
अध्ययन समितिले ७ वटा विषयगत कुरा समेटेर प्रतिवेदन तयार गरेको जनाएको छ। प्रतिवेदनमाा यातायात क्षेत्रलाई व्यवस्थापन, सुरक्षा, सवारी दर्ता र रूट परमिट, यात्रुबीमा र यातायात क्षेत्रलाई प्रविधिसँग जोड्ने विषय रहेको जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्