काठमाडौं १८ माघ । नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्राम राई नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक समिति सदस्य राईलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल वायुसेवा ऐन २०१९को दफा ४ को उपदफा ४ बमोजिम राइलाई नियुक्त गरिएको जानकारी दिइन्। राई नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य रहेका छन्।
प्रतिक्रिया दिनुहोस्