ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वर्णिम वाग्ले- खराब कानुनहरुका विरुद्ध संसदमा आक्रामक हुन्छौं


एबीसी न्यूज
२१ माघ २०८०, आइतबार   ४ : ०५   बजे

काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सोमबारदेखि सुरु हुने संघीय संसदको बैठकमा खराब कानुनहरु विरुद्ध पार्टी आक्रामक रुपमा प्रस्तुत हुने बताएका छन् ।

संघीय संसदको हिउँदे अधिवेशन सोमबार सुरु हुँदैछ । आइतबार सिन्धुपाल्चोकको मेलम्ची बजारमा मेलम्ची आयोजनाको दबाब यात्राको उद्घाटन कार्यक्रममा सांसदले भने, ‘भोलिदेखि संसद सुरु हुँदैछ । त्यहाँ हामीले एउटा ठूलो तयारीका साथ खराब कानुनहरुका विरुद्ध जेहाद नै छेड्ने तयारी गरिरहेका छौं ।’

संसदमा प्रभावकारी हुनका लागि शुक्रबार लामो बैठक बसेको उनले सुनाए । वडा, पालिका, प्रदेशमा रास्वपाका जनप्रतिनिधि नभएको र संघमा सरकार बाहिर रहँदा समेत रास्वपाका सांसद नै बुलन्द रहेको उनले दाबी गरे । ‘हाम्रो उपस्थिति भनेको संसदको त्यही २० सांसदहरुले आवाज उठाइरहेका छौं’, वाग्लेले भने, ‘जनताका मुद्धाहरु उठाइरहेका छौं । सरकारलाई जवाफदेही बनाइरहेका छौं । मन्त्रीहरुलाई र्‍याखर्‍याक्ती पारिरहेका छौं ।’

संघ र प्रदेश गरी ८८४ सांसद रहेकामा सबैभन्दा सुनिने सांसद रास्वपाका २० जना रहेको वाग्लेले दाबी गरे ।

संसदीय फाँटबाट गरिरहेको लडाइँ अब सडकमा पनि उतार्ने तयारी पार्टीले गरिरहेको उनले सुनाए । सडकको दबाब यात्राले जनतालाई दुख नदिई शान्तिपूर्ण हुने उपसभापति वाग्लेले बताए । ‘कसैको क्षति हानी नहुने गरी शान्तिपूर्ण रुपले दबाब दिने नयाँ अभ्यास सुरु गरेका छौं’, वाग्लेले भने ।

रास्वपाले संसदमा थप प्रभावकारी हुन सांसदलाई सुझाव सल्लाह दिन दुई उपसभापति डोलप्रसाद अर्याल र वाग्लेलाई जिम्मेवारी दिएको छ । सदनबाट राजनीतिलाई हेर्ने दृष्टिकोणका बारेमा सांसदहरुलाई प्रशिक्षित गर्ने जिम्मेवारी उपसभापति वाग्लेले पाएका छन् ।

आइतबार विहानबाट रास्वपाले मेलम्चीबाट दबाब यात्रा सुरु गरेको छ । दबाब यात्रा २१ चैतसम्म हुने रास्वपाले जनाएको छ । २१ आयोजनाका लागि दबाब यात्राको अगुवाइ गर्न २१ नेतालाई तोकिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu