ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा गाउँपालिका अध्यक्ष सडक कालोपत्रे माग गर्दै आन्दोलनमा


एबीसी न्यूज
२१ माघ २०८०, आइतबार   ५ : २१   बजे

काठमाडौं, २१ माघ । ट्रयाक खुलेको २५ वर्षसम्म सडकको अवस्था नसुध्रिएपछि बागलुङ काठेखोला गाउँपालिकाका जनप्रतिनिधि नै आन्दोलमा उत्रिएका छन् ।

मध्यपहाडी लोकमार्गमा पर्ने गाउँपालिकाभित्रको २५ किलोमिटर सडक कालोपत्रेको माग गर्दै गाउँपालिका अध्यक्ष राजु थापासहितका स्थानीय बासिन्दाले आइतबार करिब ४ घण्टा मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका हुन् ।

‘ट्रयाक खोलेको २५ वर्ष भइसक्दा पनि बाटोको अवस्था सुध्रिएन । पटकपटक डेलिगेसन गयौं, अरु आन्दोलन गर्दा पनि भएन’, गाउँपालिका प्रवक्ता टीकासंगम विकले भने, ‘अति भएपछि अध्यक्षज्यूकै नेतृत्वमा यो कदम चाल्न बाध्य भयौं ।’

सडक कालोपत्रेका लागि आफूहरुले संघीय सरकारलाई फागुन २ गतेसम्मको समय दिएको र त्यसबीचमा पनि चासो नदेखाए थप आन्दोलनका कार्यक्रम ल्याउने तयारी भइरहेको प्रवक्ता विकले बताए ।

‘आजलाई सांकेतिक रुपमा बाटो बन्द गर्‍यौं । अझै बेवास्ता गरे २ गतेपछि थप सशक्त रुपमा जाने भन्ने छ’, उनले भने ।

सदरमुकाम बागलुङ बजारसँग जिल्लाका पश्चिमी क्षेत्रलाई जोड्ने गरी २०५६ सालमा बागलुङ–घोडाबाँधे सडक निर्माण सुरु भएको थियो । पहिले एसियाली विकास बैंकको सहयोगमा बन्न सुरु गरेको उक्त सडकखण्डपछि मध्यपहाडीमा जोडियो ।

तर, मध्यपहाडीमा जोडिएपछि पनि जनताले खेप्नुपरेको हैरानी उस्तै रहेको काठेखोला ५ का वडाध्यक्ष ज्ञाननाथ कँडेल दुखेसो पोख्छन् । ‘झन् अहिले त पहिलेको ठेकेदारले राखेको कालोपत्रे पनि उप्कियो । हामीहरु सधैं जोखिमपूर्ण यात्रा गरिरहेका छौं’, उनले अनलाइनखबसँग भने, ‘धुलोधुवाँले बाटोदेखि २, ३ सय मिटर टाढासम्म केही लगाउन नहुने भयो ।’

 

मध्यपहाडी ९पुष्पलाल० लोकमार्ग आयोजनाको पर्वतखण्डअन्तर्गत कुल २ सय ५० किलोमिटर पर्दछ । पर्वतखण्डमा बागलुङसहित, कास्की र पर्वतका सडक पर्दछन् । त्यसमध्ये सबैभन्दा धेरै अर्थात १ सय ३६ किलोमिटर बागलुङमा पर्छ ।

मध्यपहाडीअन्तर्गत बागलुङ जिल्लामा पर्ने काठेखोला गाउँपालिकामा २५ किलोमिटर पर्छ । त्यसलाई पनि २ खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । तर, दुवै भागतर्फ म्याद सकिएको लामो समयसम्म काम पूरा नहुँदा स्थानीयसँगै यात्रुले लामो समयदेखि दुख पाउँदै आएका छन् ।

उपल्लोचौरदेखि अक्षेते–बिहुँखण्डको १३ किलोमिटर २०७३ साल माघमा भारतरसिद्धिसाई जेभी र बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर २०७२ माघमा एमपीरएससीएफरईसीसी जेभीले ठेक्का पाएको थियो ।

एकातिरको ठेकेदार कालोसूचीमा, अर्कोतिरको म्याद सकियो

सडकका दुबै खण्डको निर्माण सकिनुपर्ने बेलासम्म कालोपत्रे भएका छैनन् । स्थानीयले निरन्तर दबाब दिँदै आएपछि बिहुँदेखि घोडाबाँधेसम्मको खण्डको ठेक्का तोडेर सरकारले निर्माण कम्पनीलाई कालोसूचीमा राखिसकेको छ ।

मध्यपहाडी लोकमार्गको पर्वत कार्यालयको सिफारिसका आधारमा पुस १२ गते भारतको सितानी एन्ड सन्स ९एमपी०, सुर्य कन्स्ट्रक्सन प्रालि ९एससीएफ० र एलिट कन्स्ट्रक्सन प्रालि ९इसीसी० को संयुक्त कम्पनी ९जेभी० लाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

मध्यपहाडी लोकमार्ग पर्वतखण्ड हेर्दै आएका इन्जिनियर पवन सुवेदीका अनुसार ती कम्पनीसँग ०७२ मा ३५ करोड ३९ लाख रुपैयाँमा सम्झौता भएको थियो । सडक विस्तार तथा कालोपत्रेका लागि ठेकेदार कम्पनीको ५ पटक म्याद थप भइसकेको छ ।

सम्झौतापछि निर्माण कम्पनीले सुरुमा केही काम गरेपनि पछि भने बठ्याइँ गर्न थालेको थियो । ‘कहिले साइट क्लिरियन्स, कहिले बाढी, पहिरोले गर्दा पटकपटक म्याद थपियो । कहिले नेपाल सरकारकै नियमले पनि म्याद थप भएको थियो’, इन्जिनियर सुवेदीले भन्छन्, ‘पटकपटक गरेर ५ चोटी म्याद थप्दा पनि काम गरेन ।’

सम्झौता भएको ८ वर्षसम्म १२ किलोमिटर सडक विस्तारको भौतिक प्रगति करिब ७४ प्रतिशतमात्रै छ । उक्त सडकखण्डको ठेक्का तोडिएपछि नयाँ ठेक्का आह्वान भएको छैन ।

यता, बागलुङदेखि बिहुँसम्मको १३ किलोमिटर खण्डको हालत पनि उस्तै छ । २०७६ मै काम सम्पन्न भइसक्नुपर्नेमा म्याद सकिएको ४ वर्षसम्म ७४ प्रतिशतमात्रै प्रगति भएको इन्जिनियर पौडेलले जानकारी दिए । यहाँ पनि ठेकेदारको ४ पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थपिएको म्याद गत असार २० गते नै सकिएको छ ।

इन्जिनियर पौडेलका अनुसार माथिल्लो खण्डको ठेकेदार कम्पनीसँगको ठेक्का रद्द प्रक्रिया सुरु गर्दा नै तल्लो खण्डको ठेकेदारसँग पनि ठेक्का रद्द गर्ने विषयमा छलफल भएको थियो ।

‘तर, त्यतिबेला तल्लोखण्डमा काम भइरहेकाले तत्काल प्रक्रिया अघि नबढाउने भन्ने सहमति भएपछि केही समय काम हेर्ने भन्ने भयो’, उनले भने ।

सरकारले गत असारमा काम गरिरहेका निर्माण कम्पनीको कामको आधारमा एकपटक म्याद थप्ने नयाँ निर्णय गरेसँगै आफूहरु ‘पर्ख र हेर’को स्थितिमा पुगेको इन्जिनियर पौडेलले सुनाए ।

‘तर, पछि सरकारले म्याद पनि थपिदिएन । विभागले विभागीय निर्णय अगाडि बढाउन पनि सकेन । म्याद नथपेपछि ठेकेदार कम्पनीले काम पनि गरेन’, इन्जिनियर पौडेलले भने, ‘भइराखेको काम झनै ठप्प भएपछि पार लगाइदेऊ भनेर स्थानीयहरु आन्दोलित भएका हुन् ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group