ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेस चौतारीले मनायो २६औं स्थापना दिवस, ६ पत्रकार पुरस्कृत


एबीसी न्यूज
२३ माघ २०८०, मंगलबार   ९ : ५०   बजे

काठमाडौं, २३ माघ । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस राजधानी लगायत विभिन्न जिल्लाका विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

स्थापना दिवसको अवसरमा  काठमाडौंमा आयोजित बिशेष कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले ६ जना पत्रकारलाई पुरस्कार प्रदान गरेका छन्। प्रेस चौतारीले यस बर्ष ६ जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा यस वर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार अन्नपुर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारीलाई प्रदान गरिएको छ । यस्तै अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार प्रेस चौतारीका पूर्वबरिष्ठ उपाध्यक्ष एवं जनप्रशासन डटकम र जनप्रशासन पाक्षिकका प्रधान सम्पादक माधव नेपाललाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशी ३५ हजार ३५ रुपैयाँ रहेको प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार जनताटाइम्स डटकमकी सम्पादक यसिमा महतलाई प्रदान गरिएको छ । पुरस्कारको राशी २० हजार २० रुपैयाँ रहेको छ । यसैगरी वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार अन्नपुर्ण पोष्टका रौतहट समाचारदाता फणिदेव महत डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर सम्वाददाता रुकुमपूर्व निवासी महेश केसी र सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काभ्रेकी काजल तामाङलाई प्रदान गरिएको छ । यी तीनवटै पुरस्कारको राशी २० हजार २० रुपैयाँ रहेको छ ।

बरिष्ठ पत्रकार गोबिन्द पोखरेलको संयोजकत्वमा चौतारीका महासचिव हिरामान लामा र सचिव हरिबल्लभ नेपाल रहेको सिफारिश समितिले पुरस्कृत पत्रकारको नाम छनोट गरी सिफारिश गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि एमाले उपाध्यक्ष पौडेलसहित एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पुरस्कृत पत्रकारहरुलाई सम्मानपत्र, माला र चेक हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu