ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस नेता भण्डारीको नेतृत्वमा हिन्दुराष्ट्र स्थापनाको पुनर्गठन


एबीसी न्यूज
२३ माघ २०८०, मंगलबार   २ : ५६   बजे

काठमाडैं, २३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापना महाअभियानको पुनर्गठन गरिएको छ ।

नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानको बैठकले हिन्दुराष्ट्र स्थापना महाअभियानको पुनर्गठन गरेको कांग्रेस नेता लोकेश ढकालले जानकारी दिए ।

महाअभियानका कार्यवाहक संयोजक कांग्रेस नेता लक्ष्मणप्रसाद घिमिरेले पद भण्डारीलाई हस्तान्तरण गरेका हुन् । महाअभियानले पार्टीको आसन्न महासमिति बैठकमा हिन्दूराष्ट्रको मुद्दालाई उठाउने निर्णय गरेको ढकालले जानकारी गराए । महाअभियानको बैठक पुन बसेर महासमितिमा मुद्दालाई प्रस्तुत गर्ने विषयमा छलफल हुने ढकालले बताए ।

उक्त बैठकमा पूर्व मन्त्री चिरञ्जीवी वाग्ले, कांग्रेस नेता लक्ष्मण घिमिरे, पूर्व सभामुख दमननाथ ढुङ्गाना, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरूणकुमार सुवेदी, कांग्रेसका नेता एवम् पूर्व मन्त्री चिरञ्जिवी वाग्ले, परराष्ट्र मन्त्री एनपी साउदकी पत्नी जोत्सना साउद लगायत उपस्थित थिए ।

बैठकमा अभियानका सदस्य लोकेश ढकालले बैठकका एजेन्डाको साथै घोषणा पत्रको अवधारणा प्रस्तुत गरेका थिए ।

भण्डारीको नेतृत्वमा पार्टीको अघिल्लो महासमिति बैठकमा हिन्दुराष्ट्रको पक्षमा कांग्रेस उभिनुपर्ने मतसहित हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो । २०७७ सालमा भएको उक्त बैठकमा ७ सय बढी प्रतिनिधिले हस्ताक्षर गरेर पार्टी नेतृत्वलाई बुझाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group