ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्सपेक्टरले जागिर छोड्न बाध्य पारेको प्रहरी जवानको आरोप


एबीसी न्यूज
२४ माघ २०८०, बुधबार   १ : ०८   बजे

काठमार्डौ, २४ माघ । कञ्चनपुरमा पाँच महिनाअघि सुनको सिक्री हराएको प्रकरणमा मुछिएका प्रहरी जवानले आफूलाई सिनियर प्रहरी अधिकृतले जागिर छाड्न बाध्य पारेको आरोप लगाएका छन् ।

गत ८ पुसमा जिल्ला प्रहरी कार्यालय बाजुरामा राजीनामा दिएका प्रहरी जवान नरेन्द्र नाथले कञ्चनपुरमा कार्यरत हुँदा जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक विनु शाहीले आफूलाई जागिर छाड्न बाध्य पारेको दाबी गरेका हुन् ।

बाजुराबाट राजीनामा दिएर महेन्द्रनगर घर फर्किएको बताएका नाथले राजीनामा स्वीकृत नभएपछि २२ पुसमा जिप्रका कञ्चनपुरमा बिदाको निवेदन स्वीकृत भएरनभएको बुझ्न जाँदा बिनाकारण प्रहरीले हिरासतमा राखेर कुटपिट गरेको आरोप लगाएका छन् ।

सोही कारण आफूले प्रहरी जवान पदबाट राजीनामा दिएको नाथको भनाइ छ । तर, प्रहरी निरीक्षक शाहीले भने नाथलाई कुटपिट गरेको भन्ने आरोप गलत भएको बताएकी छन् ।

२२ पुसमा जिल्ला प्रहरी कार्यालयमा आएर थुनुवालाई सुर्तीजन्य पदार्थ दिइरहेको बेला नाथलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको शाहीको भनाइ छ ।

तर, भोलिपल्ट सम्झाइबुझाइ गरेर छाडिएको बताउँदै शाहीले नाथसँग सोही दिन पहिलोपटक भेट भएको बताइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रकाश डाँगीले पनि नाथ थुनुवा कक्षमा पुगेर सुर्तीजन्य पदार्थ दिइरहेको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिइएको बताए ।

उनले प्रहरी निरीक्षक शाहीले कुटपिट गरेको भन्ने कुरा अहिलेसम्म जानकारीमा नभएको बताउँदै उजुरी परेमा छानबिन गरिने बताएका छन् ।

सिक्री हराएको घटनामा नाथलाई कारबाही

यस्तै जिल्ला प्रहरी कार्यालयले नाथलाई सिक्री हराएको घटनामा कारबाही समेत गरेको खुलेको छ । गत असोज ६ गते भीमदत्त नगरपालिका(२ को उल्टाखाम चोकमा स्थानीयबीच झगडाका क्रममा कैलालीको गोदावरीका गणेशराज भट्टले लगाएको सुनको सिक्री हराएको थियो ।

स्थानीयले घटनास्थलमा भेटेपछि तत्काल प्रहरी चौकी बागफाँटामा कार्यरत उनै प्रहरी जवान नाथलाई बुझाएको थिए ।

तर नाथले सुनको सिक्री बुझ्न जाँदा टुक्रा टुक्रा पारी पटकपटक गरी बुझाएको भन्दै भट्टले जिल्ला प्रहरी कार्यालयमा गुनासो गरेको डीएसपी डाँगीले बताए ।

त्यसबारे छानबिन गर्दा नाथले प्रहरीलाई बुझाएको सिक्री सुरक्षित साथ सम्बन्धित व्यक्तिलाई बुझाउनुपर्नेमा नगरेको र नियतबस टुक्राटुक्रा पारी पटकपटक गरी सम्बन्धित व्यक्तिलाई बुजाएको देखिएपछि उनलाई कारबाही गरिएको थियो ।

डीएसपी डाँगीले नाथले पदीय आचरणविपरीत काम गरेको देखिएपछि मंसिर १२ गते अभिलेखमा रहनेगरी नसिहत दिइएको बताए । त्यसको भोलिपल्ट नाथलाई जिप्रका कञ्चनपुरले उनको दरबन्दी भएको जिल्ला प्रहरी कार्यालय सरूवा गरिदिएको थियो ।

तर नाथले बाजुरा गएको महिना दिन नपुग्दै ८ पुसमा राजीनामा दिएका थिए । राजीनामा लेखेर बिदामा महेन्द्रनगर आएका नाथलाई पुस २२ गते मात्र जिल्ला प्रहरी कार्यालयमा देखिएका थिए ।

नाथले प्रहरी निरीक्षक शाहीले आफू बाजुरा सरूवा भएर गएपछि समेत अनावश्यक तनाव दिन थालेपछि राजीनामा गरेको बताउँदै आएका छन् ।

कञ्चनपुर प्रहरीले प्रहरी निरीक्षक शाहीले कुटपिट गरेर अनावश्यक दुस्ख दिएको विषयमा उजुरी आएमा छानबिन गर्ने बताएको छ तर अहिलेसम्म नाथले उजुरी नदिएको डीएसपी डाँगीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group