ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुम पश्चिममा ५० लाख रकम लागतमा सम्पन्न विद्यालय भवन उदघाटन


एबीसी न्यूज
२५ माघ २०८०, बिहिबार   १२ : १९   बजे

रुकुम, २५ माघ । रुकुम पश्मिको चौरजहारी नगरपालिकमा एक औपचारिक कार्यक्रमका विच विद्यालयको नवनिर्मित भवन उदघाटन गरीएको छ । चौरजहारी नगरपालिकाको वडा नम्व्र १३ मा रहेको सरस्वती माध्यमिक विद्यालय घरेलीचौरको चार कोठे भवन उदघाटन गरिएको हो ।

आर्थिक वर्ष २०७९।०८० मा ५० लाखको लागतमा भवन निर्माण भएको थियो । सुविधा सम्पन्न कक्षाकोठाको अभाव रहेको विद्यालयमा भवन निर्माण पश्चात् शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सहज हुने चौरजहारी नगरपालिकाका निमित्त प्रमूख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए ।

भवन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि पुष्प वादीज्यूले भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै जिम्मेवार बन्न आग्रह गरे ।
भौतिक पूर्वाधार निर्माण एउटा पाटो हो उनले भने, त्यसको सँगसँगै प्रतिफल दक्ष र सक्षम जनशक्तिमा परिणत हुनुपर्छ । शैक्षिक विकास र उन्ननयका लागि राज्यका सबै संयन्त्रहरू परिचालन हुनुपर्नेमा उनले जोड दिए ।

शैक्षिक गुणस्तर खस्किएकोप्रति अरूलाई दोष लगाएर चोखो कोही हुन सक्दैन त्यसका लागि शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, सरकारसहित सबै सरोकारवालाहरू जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा उदघाटन कार्यक्रममा चौरजहारी नगर उपप्रमुख ईश्वरीकुमारी शर्मा (बि.एम्.) १३ नम्बर वडा अध्यक्ष श्रीकृष्ण शर्माको पनि उपस्थिति रहेको थियो । राजनीतिक दलका स्थानीय प्रमुख एवम् प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक, विद्यार्थी र अभिभावहरूको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu