ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुम पश्चिममा छैटौं मौराखारा गुरिल्ला म्याराथन उद्घाटन


एबीसी न्यूज
१ फाल्गुन २०८०, मंगलबार   ११ : २४   बजे

रुकुम, १ फागुन । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा जनयुद्ध दिवसको अवसरमा आज छैटौं मौराखारा गुरिल्ला म्याराथनको उद्घाटन गरिएको छ।छैटौं गुरिल्ला म्याराथन प्रतियोगिता उद्घाटन गाउपालिकाको वडा नम्बर ३ स्थित बेलटापु खेलमैदानमा आयोजित एक औपचारिक कार्यक्रमका बिच कर्णाली प्रदेश सभा सदस्य कल्यानी खडकाले गरेका हुन र सानीभेरी गाउँपालिकाले सशस्त्र जनयुद्धको बेला तत्कालिन माओवादी गुरिल्लाहरुले प्रयोग गरेको बाटोमा म्याराथन सञ्चालन गर्दै आएको छ ।

सानीभेरी गाउँपालिकाको प्रशासनिक केन्द्र सिम्ली देखि तत्कालिन माओवादीले सेना उत्पादन गरेको मौराखारा सम्मको बाटोमा गाउँपालिकाले हरेक बर्ष जनयुद्ध दिवसको अवसरमा गुरिल्ला म्याराथन सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष बिर्ख बहादुर विष्टले जानकारी दिए। सानीभेरी गाउँपालिकाको आयोजना र राष्ट्रिय खेलकुद परिषद नेपालको सहयोग र युवा खेलकुद बिकास समिति सानीभेरी गाउँपालिकाको व्यवस्थापनमा यो संस्करणको गुरिल्ला म्याराथन प्रतियोगिता सञ्चालन भएको युवा खेलकुद विकास समिति सानीभेरी गाउँपालिकाका सदस्य सचिव बालकुमार नकालले जानकारी दिए ।

४८ किलोमिटर दुरी रहेको पुरुष म्याराथनमा प्रथम हुनेले १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ४५ हजार र चौथो हुनेले १५ हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको दशौं स्थान सम्म हासिल गर्ने प्रतियोगीले जनही ३ हजार पुरस्कार पाउने गाउँपालिकाको भनाई छ ।

त्यस्तै ३४ किलोमिटर दुरीमा संचालन हुने महिला गुरिल्ला म्याराथनको प्रथम हुनेले ६० हजार, दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोले १० हजार र दशौं स्थान सम्मकालाई जनही ३ हजार दिइने छ। म्याराथन प्रतियोगितामा विभिन्न जिल्ला बाट ३५ जना पुरुष र १२ जना महिलहरुले भाग लिएका छन। म्याराथनको अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि उपस्थिति हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सीमा क्षेत्रमा हिमपहिरोको जोखिम कायम, उच्च सतर्कता अपनाउन चिनियाँ दूतावासको आग्रह

भोटेकोशी बाढी : मृतकको संख्या ५४७ पुग्यो, ४ हजारभन्दा बढी प्रहरी परिचालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu