काठमाडौं ३ फागुन । इतिहासकार त्रिरत्न मानन्धरले नेपाली इतिहासको यथोथिच खोजी नभएको र धेरैजसो हल्लाका भरमा धारणा बनाइने गरेको बृतान्त सुनाएका छन् । एबीसी टेलिभिजनका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कँडेलसँगको अन्तर्वाताका क्रममा इतिहासकार डा. मानन्धरले नेपाली राजनीतिमा जंगबहादुर राणा नामक पुस्तकदेखि पछिल्लो समय इतिहासप्रतिको वेइमानीका बारेमा बताएका छन् ।
३६ वर्ष बढी त्रिभुवन विश्वविद्यालयमा प्रध्यापन गरेका असी वर्षीय इतिहासकार अहिले पनि खोजी र अनुसन्धानमा लक्का जवान तेजतराज रुपमा प्रस्तुत भइरहेका छन् । इतहिासकार मानन्धरसँगको साक्षत्कारले नेपाली इतिहासमा राणा शासन कसरी शुरु भयो ? किन दरबारमा हत्या, हिंसा, र मारकाटले मात्र भरिएको छ भन्ने बारेमा खुलााशा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्