ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदीप पौडेल- तीनवटै प्रतिवेदनले आशा सिर्जना गर्न सकेन


एबीसी न्यूज
४ फाल्गुन २०८०, शुक्रबार   २ : ५४   बजे

काठमाडौं ४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी बैठकमा प्रस्तुत तीन प्रतिवेदनले आशा सिर्जना गर्न नसकेको टिप्पणी गरेका छन् ।

शुक्रबार केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता पौडेलले प्रतिवेदनमा समस्या आएको तर समाधानका लागि ठोस प्रस्ताव नभएको बताए ।

‘तपाईहरुले समस्या सबै ल्याउनुभएको छ । समस्या बुझेको देखिन्छ । केही समाधानका बारेमा गगन जीले समेट्नु भएको छ । तर, पूर्ण हुन सकेन । कुनैपनि दस्तावेजमा समाधान गर्ने गरी आएनन्,’ पार्टी बैठकमा पौडेलले भने ।

निराशामा रहेको पार्टी कार्यकर्तालाई भरोसा दिने गरी प्रतिवेदन नआएको पौडेलको तर्क थियो । कांग्रेसमै रहने कि पार्टी छोड्ने भनेर महासमितिको बैठकको प्रतिक्षा गरेकालाई कांग्रेसमा रहने गरी आशा सञ्चार गर्न प्रतिवेदनले नसकेको पौडेलको निर्क्योल थियो ।

‘जो कांग्रेसमा बसौं कि अरु तिर जाऔं भन्ने मनस्थिति बनाएका छन् । यस्तो सन्देशले कांग्रेसमै रोक्न सकिन्न,’ पौडेलले बैठकमा भने । सुशासन शब्दले प्रतिवेदनमा एकदमै धेरै ठाउँ पाएपनि सुशासन ल्याउने विधिबारे प्रतिवेदन मौन रहेको पौडेलले सुनाए ।

‘दस्तावेजमा शब्द मात्रै राखेर सुशासन आउँछ तरु सुशासन ल्याउने प्रक्रिया के होरु’ प्रतिवेदन प्रस्तुतकर्ताहरुलाई पौडेलको प्रश्न थियो,‘सुशासन मन्त्रालय बनाउने हो किरु अख्तियारलाई निष्पक्ष बनाउने हो किरु लागू गर्ने कार्ययोजना के होरु’

भ्रष्टचार अन्त्य गर्छु गर्ने कागजमा देखाएर नहुने उनको तर्क छ । सरकारमा बसेको दलले बोलेर मात्रै नहुने र व्यवहारमा देखिनुपर्ने मत पौडेलले राखे ।

संघीयता बोझिलो भएको भनिरहँदा प्रशासनिक खर्च कटौती बारे दस्तावेजमा कुनै विषय उल्लेख नभएको पार्टी बैठकमा पौडेलले विचार राखे । ‘आर्थिक संकट भएको कुराहरु व्यापक रुपमा बाहिर आइरहेका छन् । त्यसलाई हल गर्ने प्रतिवेदनमा के आयो ?

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group