ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिवेदन संशोधन गर्न गगन थापा तयार


एबीसी न्यूज
७ फाल्गुन २०८०, सोमबार   २ : ०१   बजे

काठमाडौं ७ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले महासमिति बैठकका लागि तयार पारेको प्रतिवेदन संशोधन गर्न तयार भएको संस्थापन पक्षका नेताहरूले दाबी गरेका छन्।

सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पदाधिकारीसहित बसेको बैठकमा महामन्त्री थापा प्रतिवेदनको कतिपय विषय संशोधन गर्न तयार रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दाबी गरे।

‘डकुमेन्ट साझा आउँछ। संशोधन भएर आउँछ,’ विश्वकर्माले भने, ‘महामन्त्रीज्यु कतिपय विषय संशोधन गर्न तयार हुनुहुन्छ।’

सहमति जुटेसँगै महासमिति बैठकका लागि नेताहरू गोदावरीतर्फ लागेका छन्।

विश्वकर्माका अनुसार आज उद्घाटन सत्र मात्र हुनेछ। ‘महामन्त्रीज्युको प्रतिवेदन आजै बेलुकी प्रिन्ट हुन्छ,’ उनले थपे, ‘भोलि बिहानबाट बन्द सत्र सुरु हुन्छ। सोही सत्रमा प्रतिवेदन पेस हुन्छ।’

महामन्त्री थापाले प्रतिवेदनमा राखेका केही विषयप्रति सभापति देउवा असन्तुष्ट थिए। विशेषगरी गठबन्धन, राष्ट्रिय सभा निर्वाचन र विधानबारे थापाले प्रतिवेदनमा राखेका विषयमा देउवाको असन्तुष्टि थियो।

सो असन्तुष्टिबारे छलफल गर्न आइतबारबाटै देउवा र थापाबीच संवादको प्रयास भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu