ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले राजीनामा नदिने


एबीसी न्यूज
७ फाल्गुन २०८०, सोमबार   २ : ३९   बजे

काठमाडौं ७ फागुन । गत पुस १३ गते दुईजना युवकको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटनामा ‘मुख्य दोषी’ भन्दै राजीनामा मागिएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पद नछाड्ने भएका छन्।

ज्वालाको राजीनामा मागिरहेका बेला एकीकृत समाजवादी पार्टीका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले कुनै पनि हालतमा ज्वालाले पद नछाड्ने बताएका छन्।

‘गल्ती अरुले गरेका छन्, राजीनामा हाम्रो मन्त्रीले दिनुपर्ने कुरा जायज हुँदैन’, उनले सोमबार भने। उता समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि ज्वालाले पद छाड्नेबारेमा अध्यक्ष माधवकुमार नेपालसँग कुनै कुरा नभएको बताएका छन्।

जाँचबुझ आयोगको निष्कर्ष : बालकुमारी घटनाको मुख्य कारण भौतिकमन्त्री ज्वाला

‘समाजवादीको तर्फबाट मन्त्री भएका ज्वालामाथि राजनीतिक प्रतिशोधसँगै भ्रष्टाचार नियन्त्रणका लागि चालिएको कदमका कारण पूर्वाग्रहवश प्रतिवेदन बनाइएको आरोप पनि श्रेष्ठले लगाएका छन्।

दोहोर्‍याएर रोजगार अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दुईजना युवकको ज्यान गएको थियो।

त्यही घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव नारायणप्रसाद भट्टराईको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।

उक्त आयोगको प्रतिवेदनले मन्त्री ज्वालालाई मुख्य दोषी ठहर गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन दिएको छश्र

त्यही आधारमा अहिले ज्वालाले नैतिक गल्ती स्वीकार्दै राजीनामा मागिएको हो।

‘हामीले प्रतिवेदन पढ्न माग्दा अहिलेसम्म दिइएको छैन’, सचिव श्रेष्ठले भने, ‘श्रम मन्त्रालयसँग सम्बन्धित विषयमा प्रदर्शन भएको छ, गृह मन्त्रालयअन्तर्गतका प्रहरीले गोली चलाएर ज्यान गएको छ, त्यही बाटो हुँदै सिंहदरबार जान चाहँदा नसकेको मन्त्रीलाई दोषी भनिएको छ।’

श्रेष्ठले गल्ती गर्दै नगरेको कामको सजाय भोग्न आफ्नो पार्टीका मन्त्री तयार नभएको भन्दै ज्वालाको बचाउ गरेका छन्। समाजवादी अध्यक्ष नेपालको सचिवालयले पनि ज्वालाको राजीनामाबारे अहिलेसम्म कुनै औपचारिक कुरा नभएको बताएका छन्।

‘

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group