ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राइनासकोटमा लालिगुराँसले आकर्षित गर्दै पर्यटक


abc tv
७ फाल्गुन २०८०, सोमबार   ८ : १९   बजे
लमजुङ । समुद्री सतहबाट एक हजार सात सय ७४ मिटर उचाइमा रहेको रमणीय राइनासकोटमा लालिगुराँसले पर्यटकलाई आकर्षित गर्न थालिएको छ । लमजुङको राइनास नगरपालिका–९ स्थित राइनासकोटमा आन्तरिक पर्यटकलाई लालिगुराँसले आकर्षित गर्न थालिएको हो ।
समयअगावै फुलेका लालिगुराँसले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको राइनास नगरपालिका प्रमुख एवं राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर गुरुङले बताउनुभयो । माघको पहिलो सातादेखि लालिगुराँस फुल्न थालेको भन्दै अहिले यहाँ सञ्चालित घरवासका साथै घुम्न आउने पर्यटकलाई लोभ्याइरहेको उहाँको भनाइ थियो ।
“यहाँ रहेका सांस्कृतिक, ऐतिहासिकस्थल, संस्कृति र यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाले पर्यटकलाई आकर्षित गर्ने गरेपनि यतिबेला लालिगुराँस पर्यटकका लागि थप आकर्षणको केन्द्र बनिरहेको छ”, गुरुङले भन्नुभयो । चैत–वैशाखमा फुल्ने लालिगुराँस समय अगावै फुलेपछि हेर्नका लागि पर्यटक आउने गरेका उहाँको भनाइ थियो । उहाँका अनुसार यहाँ आइपुगेका अधिकांशले लालिगुराँससँग फोटो खिच्ने र भिडियो बनाएर रमाउने गर्दछन् ।
गत शनिबार लमजुङ सदरमुकाम बेँसीसहरमा रहेको जनविकास कलेजबाट साथीसँग पिकनिक आएका भूमिका गुरुङले पहिलो पटक आफू यहाँ आएको भन्दै यतिधेरै लालिगुराँस फुलेको देख्दा निकै रमाइलो लागेको बताउनुभयो । कलेजबाट आफूसहित ६० जना यहाँ आएको उहाँको भनाइ थियो ।
नगरप्रमुख एवं होमस्टे व्यवस्थापन समितिका अध्यक्ष गुरुङले यतिबेला पर्यटक आगमन भइरहेको जनाउँदै घरवासमा बस्ने भन्दा घुम्ने, पिकनिक खाने प्रयोजनका लागि बढी आउने गरेको बताउनुभयो । उहाँका अनुसार शुक्रबार, शनिबार र बिदाका दिनमा दुई सयभन्दा बढी पर्यटक यहाँ आउने गरेका छन् ।
भूकम्पले यहाँका घरहरु भत्किएर पुनःनिर्माण भएपछि विसं २०७५ फागुनदेखि ११ घरबाट घरबास सुरुआत भएकामा यतिबेला सिङ्गो गाउँ ९१७ घर० मा घरवास सञ्चालन भइरहेको गुरुङले जानकारी दिनुभयो । पछिल्लो समय पर्यटकको उल्लेख्य आगमन हुन थालेपछि यहाँका सबै घरमा घरबास सञ्चालन गरिएको उहाँको भनाइ थियो । यहाँका स्थानीयवासीले यही पेसाबाट आम्दानी जीविकोपार्जन गरिरहेका नगरप्रमुख गुरुङले बताउनुभयो ।
यहाँ सञ्चालित घरबासबाट वार्षिक करिब रु तीन–चार लाख आम्दानी हुँदै आएको समितिका उपाध्यक्ष विष्णु गुरुङले बताउनुभयो । “घरवास सञ्चालन अघि यहाँ विकासका पूर्वाधार थिएन । गाउँबँेसी गर्न पनि समस्या थियो”, उहाँले भन्नुभयो, “खेतीपातीबाट उत्पादित अन्नले तीन÷चार महिना मात्रै पुग्थ्यो । अहिले होमस्टे सञ्चालनमा आएपछि यहीँ व्यवसायबाट मनग्य आम्दानी गर्न थालेका छन् ।” होमस्टे सञ्चालन गरेसँगै स्थानीयवासीको जीवनस्तरमा सुधार आएको उपाध्यक्ष गुरुङको भनाइ थियो ।
पालिकाको सहयोगमा यहाँ सञ्चालित घरबासमा पर्यटन पूर्वाधार विकासका काम भइरहेको नगरप्रमुख गुरुङले जानकारी दिनुभयो । उहाँले कृषि र पर्यटनलाई पालिकाले पहिलो प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो । राइनासकोटबाट एकै पटकमा अन्नपूर्ण, माछापुच्छे, मनास्लु, बौद्ध, गणेश हिमालसहित १८ वटा हिमाल देख्न सकिन्छ । नेपाल एकीकरणको सुरुका विन्दुका साथै प्राकृतिक रूपमा अलौकिक दृश्यले भरिपूर्ण ठाउँ भएको स्थानीय कताउँछन् । विश्वकै पहिलो योग स्तम्भ पनि राइनासकोटमा छ ।
साथै यहाँ राइनासकोट किल्ला, थानीमाई मन्दिर, कालिका, कोटेश्वर महादेव, वीरभक्ति थापाको शालिकलगायत ऐतिहासिकस्थल रहेका नगरप्रमुख गुरुङले जानकारी दिनुभयो । बाइसेचौबिसे राज्यकालमा लमजुङका राजा यशोबह्म शाहका कान्छा छोरा द्रव्य शाहले राज्य सञ्चालन गरेर राइनासकोटमा बसेको इतिहास छ । राइनासकोटलाई भिटोफ नेपालले सन् २०१८ मा गन्तव्य गाउँ घोषणा गरेको थियो ।
विसं २०७४ मा गण्डकी प्रदेश सरकारले घुम्नुपर्ने ११० उत्कृष्ट गन्तव्यमध्ये राइनासकोट परेको थियो भने विसं २०७६ मा नेपालकै उत्कृष्ट होमस्टेमा परेको थियो ।
गाउँमा प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घरसँगै स्थानीयको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ सङ्ग्राहालय रहेको छ । यहाँ गुरुङ समुदायको संस्कार, संस्कृतिदेखि घाँटु, कृष्ण चरित्रलगायत नृत्य प्रस्तुत गरिन्छ । घरबासमा आउने पर्यटकका लागि रु एक हजार एक सय ५० मा खानाको व्यवस्था गरिएको समितिका अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार घरवासमा आएका पर्यटकले खाजा, चिया, बेलुकाको खाना र भोलिपल्ट बिहान खाजा खान पाउँछन् ।
पर्यटकलाई कोदाको सेलरोटी तथा मकै, गेडागुडीसहित तामा, गुन्द्रुक, भटमासको अचारका परिकार दिने गरिएको घरवास सञ्चालकको भनाइ थियो । पर्यटकले स्थानीयरुपमा कोदोबाट तयार गरिएको लोकल रक्सीको स्वाद पनि लिन पाउँछन् ।
स्थानीय जानकारका अनुसार नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका थिए । राइनासकोट ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक अध्ययनका लागि उपयुक्त ठाउँ हो । यातयातको सुविधा रहेकाले यहाँसम्म पर्यटकका सवारी साधनमा सहज रुपमा पुग्न सक्छन् । लमजुङ–तनहुँको सिमाना लमजुङ सुन्दरबजार नगरपालिका–७ पाउदी बजारबाट राइनास नगरपालिका –८ हुँदै करिब १३ किलोमिटर सडक पार गरेपछि यहाँ पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group