ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढिकीमा धान कुट्ने चलन हराउँदै


एबीसी न्यूज
८ फाल्गुन २०८०, मंगलबार   १२ : ५५   बजे

काठमाडौ ८ फागुन । धान कुट्ने आधुनिक प्रविधि भित्रिएसँगै कञ्चनपुरका महिलाहरूले धान ढिकीमा कुट्न छाडेका छन् । गाउँघरमा धानमिल सञ्चालनमा आएपछि ढिकीमा धान कुट्न महिलाले छाडेका हुन् । पहिला घरघरमै धान कुट्नका लागि काठका ढिकी बनाइएका हुन्थे ।हाल ती ढिकीहरू हराउँदै गएका छन् । अर्को तर्फ ग्रामीण क्षेत्रमा ढिकी राख्ने कार्य नै छाडिएका छन् भने थारू समुदायका केहीका घरमा अझै ढिकी भए पनि धान कुट्नका लागि मिलमा पुग्ने गर्दछन् ।

एक दशकअघिदेखि ढिकी कुट्ने चलन विस्तारै हराउँदै जान थालेको शुक्लाफाँटा नगरपालिका–२ का हेमराज पाण्डेयले बताए।“धानमिलमा कुटिएको चामलभन्दा ढिकीमा कुटिएको धानको चामल निकै मिठो र पौष्टिक हुने गरेको थियो”, उनले भने, “ढिकीमा धान कुट्दा निकै समय लाग्ने र श्रम गर्नुपर्ने अवस्था थियो, अहिले सहजै एकछिमै मिलमा धान कुट्ने कार्य हुने भएकाले ढिकी राख्ने चलन हटेको छ ।

”कृष्णपुर नगरपालिका–२ वाणिकी वसन्ती राना बिहानीको कुखुराको डाँकमै ब्यूँझेर धान कुट्ने पुराना दिनको स्मरण गर्नुहुन्छ । “बिहानै ब्यूँझेर धान कुट्थ्यौँ”, उनले भने, “धान कुटेर आएका चामल माटोको भकारीमा राख्ने गरिन्थ्यो, ती चामलबाट बनाइएको भात निकै मिठो हुन्थ्यो, अहिले मिलमा कुटेका चामल देख्नमा चम्किला हुने भए पनि त्यति स्वादिलो हुने गरेको छैन ।”

महिलाहरूलाई त्यसबेला ढिकी कुट्न निकै परिश्रम गर्नुपर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । दिनभरि घरको काम, राति पूरै निद्रा नसुतेर ढिकी कुट्नुपर्ने ती पुराना दिन सम्झँदा आजभोलि सपनाझैँ लाग्ने गरेको पवित्रा चौधरीले बताए“ढिकीमा दुईदेखि चार जनासम्मले धान कुट्नका लागि काम गर्नु पर्दथ्यो”, उनले भने, “दसैँलगायतका चाडपर्वमा विगतमा चामल कुटेर भिजाइ पुनः ढिकीमै पिठो बनाउनुपर्दथ्यो, त्यसबेला थोरै ठाउँमा मात्रै मिल थिए, सबैको पहुँच थिएन, पहुँच भए पनि सबैसँग खर्चको अभाव हुन्थ्यो, त्यसैले घरमै बनाएका ढिकीमा धानबाट चामल र पिठो बनाउथ्यौँ ।

”“चाडपर्व, विवाहलगायतका धार्मिक तथा अन्य अनुष्ठानमा सहभागी हुनेहरूका लागि भने चार–पाँच दिनदेखि नै ढिकीमा धान कुट्नुपर्ने बाध्यता नै हुन्थ्यो”, गीता चौधरीले भने, “हाल पहिलेको तुलनामा महिलालाई घरायसी कार्य गर्न आधुनिक विद्युतीय मिलले सहज बनाइदिएको छ, पुर्खौँदेखि प्रयोग हँदै आएका ढिकी, कोल्हु, जाँतो ९चकिया०लगायत हराउँदै गएकामा चिन्तित पनि छु ।”पहिचान झल्काउने पुराना वस्तुलाई पछिको पिँढीलाई चिनाउनकै लागि पनि जगेर्ना गरेर राख्नुपर्ने उनको भनाइ छ । ढिकी बनाउँदा मुसरा, ढिकी, चुक्का, टेक्वा, धुर्ला, टेकुवा, सामलगायत काठबाटै बन्ने गरेको दानसिंह दहितले बताए । बलियो काठ सान्नानलगायतबाट ढिकी तयार गरिन्थ्यो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group