ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो मानवचालित यान चढेर अन्तरिक्षयात्रा गर्न भारतीय वायुसेनाका चार जना विमानचालक छानिए


एबीसी न्यूज
१६ फाल्गुन २०८०, बुधबार   ८ : ५२   बजे

काठमाडौ १६ फागुन । भारतले आउँदो वर्ष अन्तरिक्षमा आफूले पठाउन लागेको पहिलो मानवचालित यान चढेर अन्तरिक्षयात्रा गर्न वायुसेनाका चार जना विमानचालकलाई छानेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनीहरूको योग्यताको प्रशंसा गर्दै छानिएका विमानचालकको नाम सार्वजनिक गर्नुभएको हो । छानिनेमा प्रशान्थ बालाकृष्नन्, अजित कृष्नन्, अंगद प्रताप, शुभांशु शुक्ला रहेका छन्।गगनयान नामक अन्तरिक्षयानमा तीमध्ये तीन जनालाई अन्तरिक्षयात्रीका रूपमा पठाउने भारतले जनाएको छ ।

यो यान चार सय किलोमिटरमाथि पृथ्वीको कक्षमा पुग्ने र तीन दिनपछि फिर्ता हुने बीबीसीको खबरमा उल्लेख छ । भारतीय अन्तरिक्ष निकाय इसरोले यो उडानको तयारीका क्रममा परीक्षणहरू गरिरहेको छ ।इसरोले गएको अक्टोबरमा रकेटमा समस्या उत्पन्न भए चालकहरूलाई सुरक्षित रूपमा बाहिर निस्किन सक्ने उपाय सिकाउने एउटा मुख्य परीक्षण गरिसकेको छ । त्यसको सफलतापछि इसरोले सन् २०२५ मा मानवसहितको अन्तरिक्षयानलाई पठाउनुअघि एउटा रोबटलाई यसै वर्ष अन्तरिक्षमा पठाउने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उपसभामुख रुबी ठाकुरद्वारा पत्रकार किशोर श्रेष्ठविरुद्ध जाहेरी

पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण मुद्दामा बहस सकियो, फैसला तयारीमा

सम्बन्धित

आयभन्दा बढी सम्पत्तिको आरोपमा राहुल गान्धीलाई सर्वोच्च अदालतबाट राहत

दक्षिण कोरियासँगको सैन्य अभ्यासमा भारी कटौती गर्न ट्रम्पको निर्देशन

पाकिस्तानमा १३ लाख फलोअर्स भएकी टिकटक स्टारको गोली हानी हत्या

इरानविरुद्ध आणविक हतियार प्रयोगबारे अमेरिकी रणनीतिक बैठकमा छलफल भइरहेको दाबी

युक्रेनको रुसमाथि यस वर्षकै ठूलो ड्रोन हमला, ८२२ ड्रोन खसालेको रुसी दाबी

ट्रम्पको गाजा शान्ति योजना अस्वीकार गरेको भन्दै इजरायलको आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu