काठमाडौं । उपसभामुख रुबी ठाकुरले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्।
ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा श्रेष्ठविरुद्ध जाहेरी दिएकी हुन्। प्रहरीले भने जाहेरी हालसम्म दर्ता नभएको जनाएको छ।
प्रहरीका अनुसार प्राप्त जाहेरी अध्ययनको क्रममा छ। अध्ययनपछि जाहेरी दर्ता गर्ने वा नगर्नेबारे निर्णय गरिनेछ।
यसैबीच, पत्रकार श्रेष्ठलाई सोमबार नै सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो। श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्