ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण मुद्दामा बहस सकियो, फैसला तयारीमा


ABC NEWS
१ भदौ २०८३, सोमबार   ९ : ३५   बजे

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बहस सकिएसँगै न्यायाधीशहरू फैसलाको तयारीमा जुटेका छन्।

मुद्दामा सरकारी पक्षबाट चार जना र श्रेष्ठको तर्फबाट १७ जना कानुन व्यवसायीले बहस गरेका थिए।

बहसका क्रममा श्रेष्ठका कानुन व्यवसायीले उजुरीकर्ता महिलाले रास्वपाका एक सांसदसँग चुम्बन गरेको तस्बिर आफैँ आफ्नो फेसबुकमा सार्वजनिक गरेको भन्दै प्रमाण पेस गरेका छन्। उक्त तस्बिर सञ्चारमाध्यमले प्रकाशित गर्दा कसरी गोपनीयताको हनन भयो भन्ने प्रश्न उनीहरूले उठाएका थिए।

इजलासले पनि यही विषयमा सरकारी वकिलसँग प्रश्न गरेको थियो। जवाफमा सरकारी वकिलले व्यक्तिले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेको सामग्री सञ्चारमाध्यमले पुनः प्रकाशन गर्न नमिल्ने तर्क गरेका थिए।

इजलासमा श्रेष्ठको गुनासो

बहसका क्रममा पत्रकार श्रेष्ठले समेत इजलाससमक्ष आफ्नो भनाइ राखेका थिए। उनले आफूविरुद्ध पूर्वाग्रह राखेर झुटो मुद्दा लगाइएको दाबी गरे।

श्रेष्ठले हिरासतमा लागुऔषधसम्बन्धी मुद्दाका अभियुक्तहरूसँगै राखिएको भन्दै आफूलाई मानसिक यातना दिइएको गुनासोसमेत गरे।

“एउटा कलमजीवी पत्रकारलाई ५५ जना लागुऔषधका अभियुक्तहरूसँगै राखिएको छ,” श्रेष्ठले इजलासमा भने, “५ दिनदेखि राति निदाउन सकेको छैन। परिवारका सदस्य र वकिललाई समेत छुट्टै भेट्न दिइएको छैन।”

आफ्नो भनाइ राख्ने क्रममा श्रेष्ठ भावुकसमेत भएका थिए।

के हो मुद्दाको पृष्ठभूमि ?

उजुरीकर्ता महिलाले पत्रकार श्रेष्ठले आफ्नो व्यक्तिगत गोपनीयता हनन गरेको आरोप लगाउँदै प्रहरीमा निवेदन दिएकी थिइन्। सोही आधारमा श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो।

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षको बहस सुनेको हो। अब इजलासले श्रेष्ठलाई थुनामा राखिरहनुपर्ने वा हाजिरी जमानी अथवा तारिखमा राखेर अनुसन्धान अघि बढाउने भन्ने विषयमा आदेश दिनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Settler Violence Escalates in West Bank’s Last All-Christian Village

Lavrov Accuses Ukraine of Supporting Terrorism in Sahel Region

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न निकायका रिक्त पदका लागि आवेदन आह्वान

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

‘सर्वोच्चको आदेशबाट आत्तिनुपर्ने अवस्था छैन’ : प्रदीप पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu