ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूचना प्रविधिमा युवा वैज्ञानिकहरूले गरेको प्रगतिलाई सम्मान र प्रोत्साहित गरौँः प्रधानमन्त्री


एबीसी न्यूज
२० फाल्गुन २०८०, आइतबार   १२ : ५८   बजे

काठमाडौँ, २० फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको क्षेत्रमा क्रियाशील युवा वैज्ञानिकरूले यस वर्ष आफ्नै वैयक्तिक पहलमा ठूलो रकम नेपाल भित्राएको बतानुभएको छ । ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै युवा वैज्ञानिकहरूको योगदानले देशमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो । “राज्यको प्राथमिकता र प्रोत्साहनबिना नै युवा वैज्ञानिकहरूले गरेको प्रयास, प्राप्त गरेको सफलता र राज्यलाई गरेको योगदान सबैका निम्ति सकारात्मक प्रेरणा हो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसले राष्ट्रिय आयका क्षेत्रहरूमध्ये सूचना–प्रविधिको क्षेत्र विशेष सम्भावनायुक्त क्षेत्र भएको यथार्थ प्रमाणित गर्दछ ।”

उहाँले आफ्नै पहलमा अत्यन्तै राम्रो मेहेनत गरिरहेका युवा वैज्ञानिकलाई प्रोत्साहित गर्नु र त्यसका निम्ति योगदान गर्नु राज्यको आधारभूत दायित्व भएको तथ्य उजागर गरेको स्पष्ट पार्नुभयो । नेपालको निर्यातजन्य सेवाको रूपमा सूचना प्रविधि एक उदाउँदो क्षेत्रको रूपमा आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भविष्यमा नेपालको बढ्दो व्यापारघाटा तथा बेरोजगारीको समस्या सम्बोधन गर्न यस क्षेत्रको प्रमुख योगदान हुने कुरा आत्मसात गरी नीतिगत तथा प्रणालीगत सुधारको अधिकतम प्रयास गरिने विश्वास दिलाउनुभयो । “नेपालमा कृत्रिम बौद्धिकतासम्वन्धी कार्यहरू व्यावसायिक रूपमा पनि उदय भइरहेको छ । हामी आयातित प्रविधिको उपभोग गर्ने मात्र नभई नेपालमा नै नयाँ प्रविधिहरू विकास गर्नेतर्फ सचेत भएर सोच्न र लाग्न जरूरी छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “त्यस्तै, सूचना प्रविधि नेपालको रणनीतिक उपयोगको क्षेत्र भएकाले यस क्षेत्रको उत्पादनमा हामी आत्मनिर्भर बन्न सबैको ध्यान पुग्न जरूरी छ । यसका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न सरकार तत्पर छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu