ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजामती विधेयक प्रधानमन्त्री कार्यालयबाट सामान्य प्रशासन पुग्यो


एबीसी न्यूज
२० फाल्गुन २०८०, आइतबार   ३ : ५२   बजे

काठमाडौं २० फागुन ।  संघीय निजामती सेवा विधेयकले अन्तिम रुप पाएको छ । मन्त्रिपरिषदबाट पास भएको विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सामान्य प्रशासन मन्त्रालयमा आइपुगेको छ । मन्त्रालयका एक अधिकारीका अनुसार अहिले विधेयक संसदमा पठाउनुअघि विधेयक ल्याउनुको उद्देश्य, कारण र प्रस्तवना लेख्ने काम भइरहेको छ ।

‘भोलि विहानसम्म संसदमा विधेयक दर्ता हुन्छ,’ ती अधिकारीले भने । गत २१ भदौको मन्त्रिपरिषद बैठकले उक्त विधेयक संसदमा पेश गर्न स्वीकृति दिए पनि कर्मचारीहरुले आफ्नो स्वार्थका कारण मन्त्रिपरिषद्को निर्णय पनि कार्यान्वयन गरेनन् । २२ भदौमा मनाइने निजामती सेवा दिवसको दिन विधेयक संसदमा पेश गर्ने निर्णय भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले निजामती सेवा दिवसको मूल समारोहमै कर्मचारीलाई विधेयक संसद जाने निर्णय सुनाएका थिए । प्रधानमन्त्रीले पटक–पटक पेश भइहाल्ने बताए पनि संघीय निजामती सेवा विधेयक संसदमा पेश नै नभई यसअघिको बजेट अधिवेशन अन्त्य भएको थियो ।

असोज पहिलो साता अमेरिका र त्यतैबाट चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १३ असोजमा फर्किएपछि विधेयक संसदमा पेश हुने अपेक्षा गरिएको थियो । तर, त्यसको एक महिनासम्म विधेयक संसदमा दर्ता हुुन नसकेकै अवस्थामा अधिवेशन नै अन्त्य भएको थियो ।

स्वीकृत विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै अड्किरहँदा पनि प्रधानमन्त्रीले निकास दिन रुचि देखाएका थिएनन् ।
तर, प्रदेश र स्थानीय तहले राष्ट्रय समन्वय परिषदको बैठकमा यो विषयलाई जोडतोडका साथ उठाएपछि विधेयकलाई १७ फागुनमा अन्तिम रुपमा दिइएको हो । मुख्यसचिव डा। वैकुण्ठ अर्यालले मन्त्रिपरिषदको निर्णय प्रमाणीकरण गरेलगत्तै संसदमा दर्ता गर्न लागि विधेयक सामान्य प्रशासन मन्त्रालयमा आएको हो ।

संघीयता लागु भएको ८ वर्षसम्म निजामती सेवा ऐन–२०४९ नै कार्यान्वयनमा छ । सबै प्रदेशहरुले २०७२मा जारी भएको संविधान बमोजिम ल्याएको प्रदेश निजामती ऐन र स्थानीय सेवा ऐन ल्याइसकेका छन् । तर, संघीय ऐन नभएका कारण अन्योल नै अन्योल छ ।

यसअघि २०७५ सालमा संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक विवादका कारण अघि नबढेपछि सरकारले १९ असोज २०७८ मा फिर्ता लिएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu