ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘प्रि–मनसुन’ शुरु भएपछि हिजाे देशभर पानी पर्‍याे, आजदेखि मौसममा क्रमिक सुधार हुने


एबीसी न्यूज
२१ फाल्गुन २०८०, सोमबार   ८ : ०२   बजे

काठमाडौं, २१ फागुन । प्रि–मनसुनु शुरु भएपछि पहिलो पटक हिजो काठमाण्डौसहित देशभर पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनुका साथै विभिन्न ठाउँमा पानी परेको छ ।

कोशी प्रदेश र मधेस प्रदेशको पूर्वी भेगबाहेक देशभर पानी परेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेको र आजदेखि मौसममा क्रमिक सुधार हुने मौसमविद्ले बताएका छन् ।

प्रि–मनसुनु मा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने, दिउँसोपछि बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित पानी पर्ने गर्छ । मार्च, अप्रिल र मे महिनालाई प्रि–मनसुन को अवधि मानिन्छ ।

यसैबीच बाक्लो हिमपातका कारण विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक खण्ड बन्द भएको छ । सडक डिभिजन कार्यालय जुम्लाले झाडनाउला, सातमोड, घुच्चीलेख, सिप्टिचौर र मुगु–जुम्ला सिमानामा पर्ने बुलबुलेमा बाक्लो हिउँ जमेकाले सडक बन्द भएकाले जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

मुस्ताङमा पनि अत्यधिक हिमपातका कारण सडक, बिजुली र सञ्चार सम्पर्कविच्छेद भएको छ । हिमपातका कारण कोरला राजमार्ग बन्द हुँदा कोरला नाका घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा परेका छन् । लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ । यस्तै सोलुखुम्बु, बाग्लुङ, रुकुम, कास्की, लमजुङलगायत जिल्लाका उच्च पहाडी क्षेत्रका स्थानीय सडक पनि हिमपातले अवरुद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group