ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध


एबीसी न्यूज
२१ फाल्गुन २०८०, सोमबार   ८ : ४५   बजे

काठमाडौं, २१ फागुन ।  हिजोको वर्षाले पूर्व–पश्चिम राजमार्गको नवलपरासीमा पर्ने चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ ।

सडक स्तरोन्नतिका लागि भित्तो काट्ने काम भइरहेकाले हिजो पानी परेपछि रातो माटो बगेर सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको हो । सडक चिप्लो भएर गाडी चलाउन पनि समस्या रहेको प्रहरीले जनाएको छ ।

हिजै रातिदेखि सडक अवरुद्ध हुँदा गाडीको लाइन लागेको छ । यात्रुहरू अलपत्र परेका छन् । आज बिहानदेखि बल्ल यात्रुवाहक गाडी चल्न थालेका छन् । मालवाहक ठूला ट्रक अझै चल्न सकेका छैनन् ।

लामो समयदेखि निर्माणाधीन यो सडक खण्ड हिजोको वर्षाका कारण हिलाम्मे भएको छ । ट्रकलगायतका धेरै वजन बोकेका कतिपय गाडी त्यही हिलोमा फसेका छन् । यी गाडी हटाउन पहल भइरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

विस्तार भइरहेका अरू सडकमा पनि गाडी चलाउन समस्या भएको चालकहरूले बताएका छन् । सडकको छेउ र कुना खनेर बनाउने काम भइरहेकाले पानी पर्नेबित्तिकै हिलो हुने र हिलोमा गाडी फस्ने समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu