काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालय बैठक सकेर बालुवाटार जाने भएका छन् ।
राजनीतिक घटनामा देखिएको पछिल्लो परिवेशबारे जानकारी गराएर ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार जाने भएका हुन् ।
माओवादी र एमालेबीच राष्ट्रिसभा अध्यक्ष, शान्ति प्रक्रियाका बाँकी काम र नयाँ समीकरण बनाएर जाने समझदारी भएको बताइएको छ । नेकपा एमालेको सचिवालय बैठक जारी रहँदा जनमत पार्टीका अध्यक्ष सीके राउत बालकोट पुगेका थिए । अब कसरी अगाडि बढ्नेबारे छलफल भइरहेको बताइएको छ ।







प्रतिक्रिया दिनुहोस्