काठमाडौं, ६ फागुन । प्रदेश ५ को उपसभामुखमा निर्वाचित कृष्णी थारुले पद तथा गोपनियताको सपथ लिएकि छिन्।
सभामुख पुर्णबहादुर घर्तिले उपसभामुख थारुलाई सपथ ग्रहण गराएका हुन् । थारु आइतबारै उपसभामुखमा निर्वाचित भएकी हुन् ।
उपसभामुखमा २ जनाको उम्मेदवारी परेको थियो । जसमा थारुले ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन्।
संसद्मा उपस्थित ८५ सांसद्मध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको हो।
पूर्व कमलरी रहेकी वाम गठबन्धनकी उम्मेदवार थारुलाई संघीय समाजवादी फोरम र राष्टिय जनमोर्चाले समर्थन गरेका थिए।
प्रतिक्रिया दिनुहोस्