काठमाडौ २२ फागुन । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।यसअघि हिजो १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँ पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेसँगै नेपालमा पनि बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै चाँदीको भाउ पनि आज बढेको छ । हिजो तोलामा एक हजार चार सय १० रुपैयाँ रहेको चाँदी आज ३५ रुपैयाँ बढेर एक हजार चार सय ४५ रुपैयाँ पुगेको छ ।







प्रतिक्रिया दिनुहोस्