ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व कमलरि बनिन् उपसभामुख


sharan sharan
६ फाल्गुन २०७४, आइतबार   ४ : ३५   बजे

बुटवल, ६ फागुन ।
प्रदेशसभा ५ को उपसभामुखमा बाम गठबन्धनकी कृष्णी थारु निर्र्वािचत भएकी छिन् । उपसभामुख पदका लागि एमालेबाट थारु र कांग्रेसबाट रिना नेपाल बिकको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउंदै निर्वाचित भएकी हुन् ।
संसदको आजको बैठकम उपस्थित ८५ सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ । संसमा प्रतिनिधित्व गर्ने संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले पनि वाम गठबन्धनकी उम्मेदवार थारुलाई समर्थन गरेका थिए । प्रदेश नम्बर ५ को प्रदेशसभामा फोरमबाट ५ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद् छन् । राष्ट्रिय जनता पार्टीका १ जना सांसद्ले भने सपथ ग्रहण नगर्दै राजिनामा बुझाएको बताईएको छ ।
निर्वाचित भए लगत्तै संचारकर्मीहरुसंग कुरा गदै उपसभामुख कृष्णी थारुले प्रदेशको निति निर्माणमा तथा दलहरुबिच समन्य गर्नेमा आफ्नो सक्रिय भूमिका रहने बताउनुभयो ।
नवनिर्वाचित उपसभामुख थारु आफैमा पुर्व कमलरि हुन् । कमलरि मुक्त भएपछि पनि उनले लामो समय देखि कमलरिको अधिकारका लागि काम गर्दै आएकी थिईन् ।
यस अघिनै प्रदेश ५ को प्रदेशसभा सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।
१ बजे सुरु भएको बैठकको प्रारम्भमै सभामुख घर्तीले एमाले माओवादी गठबन्धनका उमेदवार एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले मुख्यमन्त्रीमा नियुक्त गरेको भनी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । निर्वाचन लगत्तै उपसभामुख थारुले आफ्नो कार्यभार समेत सम्भालेकी छिन् । कार्यभार सम्हाल्नु अघि प्रदेश नम्बर ५ का प्रदेशसभाका सभामुख पुर्णबहादुर घर्तीले थारुलाई उपसभामुख पदको सपथ ग्रहण गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकियो: मतपत्रमा हस्ताक्षर नभएको विवाद

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group