काठमाडौं, २३ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न देउवा अध्यक्ष नेपालको निवास कोटेश्वरमा पुगेका हुन । बुधवार बिहान देउवा माधव नेपालको निजी निवास कोटेश्वर पुगेका छन् ।
राजनीतिक समीकरण बदलिएको बेलामा सभापति देउवा र नेपालबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । मंगलवार राति प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।







प्रतिक्रिया दिनुहोस्