काठमाडौं, २३ फागुन– नेकपा एमाले–माओवादी केन्द्रसहितको गठबन्धनले केही मन्त्रालयको टुंगो लगाएको छ । मन्त्रिपरिषदमा एमालेको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने भएका छन् ।उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्ने एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिएका छन ।
त्यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने टुंगो लागेको एमाले उपाध्यक्ष पौडेलले जानकारी दिएका छन ।







प्रतिक्रिया दिनुहोस्