काठमाडौं, २३ फागुन । सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबन्डा र सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएका छन्।
नेकपा (एमाले) ले ८ मन्त्रालय पाएको छ। नेकपा (माओवादी केन्द्र) ले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाएका छन्।
गठबन्धनमा जसपा पनि छ। तर उसले मन्त्रीहरूको नाम दिइसकेको छैन। नेकपा (एकीकृत समाजवादी) पनि दुई मन्त्रालयसहित सरकारमा सामेल हुने तय भए पनि मन्त्री पठाइसकेका छैनन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले गत सोमबार कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएका थिए।
नयाँ मन्त्रीहरूले बुधबार अपराह्न ५ बजे शपथ लिने कार्यक्रम तय भएको छ।
कुन पार्टीबाट को भए मन्त्री ?
नेकपा एमाले
१। रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री
२। राजेन्द्रकुमार राई, मन्त्री भूमि व्यवस्था तथा सहकारी
३। पदम गिरी मन्त्री, कानून, न्याय तथा संसदीय व्यवस्था०
४। बलराम अधिकारी मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन, हेरफेर हुन सक्ने
५। भगवती चौधरी मन्त्री, महिला बालबालिका तथा ज्येष्ठ नागरिक
६। दामोदर भण्डारी मन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति
७। हरि उप्रेती मन्त्री, रक्षा
८। ज्वालाकुमारी साह मन्त्री, कृषि
नेकपा (माओवादी केन्द्र)
१। नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री
२। वर्षमान पुन, अर्थमन्त्री
३। शक्तिबहादुर बस्नेत, ऊर्जा तथा सिँचाइ मन्त्री
४। रेखा शर्मा सञ्चार मन्त्री
५। हितबहादुर तामाङ पर्यटन मन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टी
१। रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री
२। सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
३। बिराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री
४। डोलप्रसाद अर्याल ९डिपी० श्रम मन्त्री







प्रतिक्रिया दिनुहोस्