ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा.शैलेषमणि पोखरेल पूर्वाञ्चल विश्वविद्यालयको निमित्त उपकुलपतिमा नियुक्त


एबीसी न्यूज
२५ फाल्गुन २०८०, शुक्रबार   २ : ०५   बजे

काठमाडौं २५ फागुन । सरकारले पूर्वाञ्चल विश्वविद्यालयको निमित्त उपकुलपतिमा चिकित्सा शास्त्र संकायका डीन डा।शैलेषमणि पोखरेललाई नियुक्त गरेको छ ।

पोखरेललाई रिक्त उपकुलपति पद पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्नका लागि उपकुलपति नियुक्ति गरिएको हो । ऐन अनुसार विश्वविद्यालयको कुनै पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म बढीमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले तोक्ने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार जिम्मेवारी पाएको पोखरेलले बताए । उनले भने ‘मलाई पूर्वाञ्चल विश्वविद्यालय ऐन अनुसार जिम्मेवारी दिइएको पत्र दिइएको छ ।’ १८ फागुनमा उपकुलपति प्रा।डा।यादव कोइरालाको कार्यकाल सकिएपछि रिक्त रहेको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट प्रकृयामा रहेको छ । तत्कालीन शिक्षामन्त्री अशोकुमार राईको संयोजकत्वमा बनेको उपकुलपति छनोट तथा सिफारिस समितिले आवेदकहरुको सोचपत्र र कार्ययोजनाको मूल्याङ्कनको काम सकिएर प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिने तयारी भइरहेको बेला सत्ता गठबन्धन हेरफेरपछि प्रकृया रोकिएको थियो ।

तर अब त्यहि प्रकृयाले निरन्तरता पाउने शिक्षा सचिव सुरेश अधिकारीले बताए । उनले भने ‘त्यहि प्रकृया जारी रहन्छ । नयाँ प्रकृया सुरु हुँदैन ।’ कार्यविधि अनुसार काम भइरहेकोले मन्त्री परिवर्तन भएपनि प्रकृया निरन्तर रहने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu