ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाण्डवेश्वर मन्दिरमा दर्शनार्थीको भिड


एबीसी न्यूज
२५ फाल्गुन २०८०, शुक्रबार   २ : ३९   बजे

काठमाडौं २५ फागुन । महाशिवरात्रिको अवसरमा दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर मन्दिर धारापानीमा पूजा आराधनाका लागि भक्तजन, साधुसन्त तथा दर्शनार्थीको भिड लागेको छ ।

घोराही उपमहानगरपालिका–५ धारापानीस्थित विश्वको अग्लो त्रिशूल रहेको पाण्डवेश्वर मन्दिरमा बिहानैदेखि दर्शनार्थीको चहलपहल बढेको हो । हरेक वर्ष मनाइने महाशिवरात्रिका दिन मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । महाशिवरात्रिको अवसरमा मन्दिरमा बिहानदेखि नै भगवान् शिवको पूजापाठ तथा आराधना सुरु भएको पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद अधिकारीले जानकारी दिनुभएको छ । महाशिवरात्रिको दिन भारतबाट समेत दर्शनार्थीहरू आउने गर्छन् ।

 

समितिका अध्यक्ष अधिकारीका अनुसार महाशिवरात्रिको अवसरमा घोराहीस्थित रणसिङ दलमा कार्यरत नेपाली सेनाको एक समूहले त्रिशूलको अगाडी सलामी समेत अर्पण गरेको थियो । महाशिवरात्रिको अवसरमा मन्दिरमा मेला पनि लाग्ने गर्दछ । पहिले शिवरात्रिको दिनमात्रै मेला लाग्ने गरेकोमा गतवर्षदेखि तीनसम्म मन्दिरमा मेला लाग्ने व्यवस्था गरिएको समितिका अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ ।

मन्दिरमा पूजापाठ तथा दर्शनार्थीहरुको सहभागीले हुनसक्ने भिडभाडलाई व्यवस्थित गर्नका लागि नेपाली प्रहरी, ट्राफिक प्रहरीलगायत स्वयंसेवकहरू परिचालन गरिएको समितिका अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ । मन्दिरको परिसरमा, भाङ, धतुरोलगायत लागूपदार्थ निषेध गरिएको समितिले जनाएको छ । महाशिवरात्रिका अवसरमा पाण्डवेश्वर मन्दिर धारापानीसहित जिल्लाका अन्य स्थानमा रहेका शिव मन्दिरहरूमा पूजापाठ तथा मेला लाग्ने गर्दछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नारायणी नदी किनारमा १३० शव भेटिए, खोजीमा सुरक्षाकर्मीसहित स्थानीय परिचालन

भोटेकोशी बाढीबारे सभामुख अर्यालले संसद् सचिवालयका पदाधिकारीसँग गरे छलफल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu