ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिटामिन बी-१२ को कमी हुँदा स्वास्थ्यमा कस्तो असर पार्छ ?


एबीसी न्यूज
२७ फाल्गुन २०८०, आइतबार   २ : ०४   बजे

काठमाडौं २७ फागुन । धेरै पटक हामीले जानकारीको अभावमा केही कुरालाई बेवास्ता गर्छौं, जुन स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्छ । भिटामिन बी(१२ को कमीलाई बेवास्ता गर्दा धेरैलाई स्वास्थ्य समस्या भइरहेको छ ।

विश्वभर अहिले लाखौं मानिसमा भिटामिन बी(१२ को कमी छ । भिटामिन बी(१२ को कमी साइलेन्ट किलरको रूपमा देखा पर्न सक्छ । वास्तवमा, यसको कमीले कुनै पनि उमेर, लिङ्ग वा भौगोलिक स्थानका मानिसलाई असर गर्न सक्छ ।

भिटामिन बी(१२ को कमीले मानसिक स्वास्थ्य समस्या, हृदयरोग र मृत्यु समेत हुनसक्छ । यस साइलेन्ट किलरबाट बच्न समय(समयमा शरीरमा यसको उपस्थिति जाँच गर्नुपर्छ ।

भिटामिन बी–१२ के हो रु

भिटामिन बी(१२ लाई ‘कोबालामिन’ पनि भनिन्छ । यसले स्नायु प्रणाली, रातो रक्तकोषिका निर्माण र डीएनए संश्लेषणसहित धेरै शारीरिक कार्यमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

यो मुख्यतया मासुजन्य उत्पादनमा पाइन्छ । यस कारण विशेषगरी शाकाहारीमा यसको कमी देखिन्छ । मासु उपभोग गर्ने व्यक्तिमा पनि बढ्दो उमेर तथा विभिन्न स्वास्थ्य समस्याहरूमा भिटामिन बी(१२ कमी हुनसक्छ ।

भिटामिन बी–१२ को कमीका लक्षण

भिटामिन बी(१२ को कमीका लक्षण सूक्ष्म हुन्छन् । थकान, कमजोरी र चक्कर लाग्ने आदि भिटामिन बी(१२ को कमी हुँदा देखिने प्रारम्भिक लक्षण हुन् ।

यसको कमी बढ्दै जाँदा, थप गम्भीर लक्षणहरू देखा पर्न सक्छन् । शरीरका अंगहरु सुन्निने, रिंगटा लाग्ने र हिंड्न गाह्रो हुने जस्ता न्युरोलोजिकल लक्षणहरू पनि देखा पर्छन् ।

यसको कमीले मृत्यु समेत हुनसक्छ

भिटामिन बी(१२ को कमीको सबैभन्दा चिन्ताजनक पक्ष यसको सम्भावित दीर्घकालीन साइड इफेक्ट हो । यसको दीर्घकालीन कमीले अपरिवर्तनीय स्नायु क्षति, हृदयरोगको जोखिम बढाउन सक्छ । गर्भवती महिलामा यसले भ्रूणको विकाससँग सम्बन्धित समस्या निम्त्याउन सक्छ ।

भिटामिन बी(१२ को कमीले रातो रक्तकोषिकाको उत्पादनमा कमी ल्याउँछ । यसलाई हानिकारक एनिमिया भनिन्छ । यसले स्थायी न्युरोलोजिकल क्षति निम्त्याउन सक्छ । यसको उपचार नभए मृत्यु पनि हुनसक्छ ।

भिटामिन बी–१२ को कमीबाट कसरी बच्ने रु

यसको कमीले निम्त्याउन सक्ने असरलाई कम गर्न, भिटामिन बी(१२ को महत्त्व र यसको स्रोतको बारेमा सचेतना बढाउनुपर्छ । भिटामिन बी(१२ युक्त खानेकुरा वा सप्लिमेन्टको उपभोग गरेर यसको कमीलाई रोक्न सकिन्छ ।

शाकाहारीहरूले भरिपूर्ण सन्तुलित आहार उपभोग गर्न प्रोत्साहित गर्दा कमी ९भिटामिन बी(१२ को कमी० लाई रोक्न मद्दत गर्न सक्छ ।

भिटामिन बी १२ को स्रोत पहिचान

शाकाहारीहरूले भिटामिन बी(१२ को वैकल्पिक स्रोतहरू पहिचान गर्नुपर्छ र तिनीहरूलाई नियमित रूपमा आफ्नो आहारमा समावेश गर्नुपर्छ ।

प्रारम्भिक पहिचान र उपचारलाई प्रवर्द्धन गर्ने उद्देश्यले यसको बारेमा जनचेतना फैलाउन सकियो भने भिटामिन बी(१२ को कमीको दीर्घकालीन असरलाई कम गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group