ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाल सुधार गृहका बालबन्दीको निःशुल्क उपचार गरिने


एबीसी न्यूज
२७ फाल्गुन २०८०, आइतबार   २ : ३६   बजे

काठमाडौं २७ फागुन । बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले जिल्लामा रहेका दुई वटा बालसुधार गृहका बालबन्दीहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गर्ने भएको छ ।

बाल सुधार गृहमा रहेका बालकहरूको उपचारको उचित व्यवस्था नभएकाले अबदेखि दुई वटा अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गर्ने व्यवस्था मिलाइएको हो ।

बाँके जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईँको अध्यक्षतामा भएको जिल्ला बालन्याय समितिको बैठकमा भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रतिनिधिले प्रत्येक महिनाको एक पटक बालसुधार गृहमा गई बालबन्दीहरुको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण र उपचार गर्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो ।

उहाँले त्यसका लागि भेरी अस्पताल नेपालगन्ज, शिक्षण अस्पताल नेपालगन्ज र जिल्ला बालन्याय समितिका बिचमा लिखित सम्झौता गर्ने सहमति भएको बताउनुभयो । बालन्याय समितिको बैठकमा केन्द्रीय परिपत्र अनुसार दुवै अस्पताल र समिति बिचमा छिटै लिखित सम्झौता भई कार्यान्वयनमा ल्याइने भएको छ ।

बालन्याय समितिको बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा, एडभोकेसी फोरमका लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता वसन्त गौतम, बाँके जिल्ला बार अध्यक्ष मेहरसिंह खत्री, बालमनोबिज्ञ सुदिप भट्टराई लगायतको सहभागिता थियो ।

समितिको बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राई, सहायक जिल्ला न्यायाधीवक्ता भानु चौधरी, भेरी अस्पतालका डा प्रतिभा खड्का, नेपालगन्ज मेडिकल कलेजका डा। रोमन किदवाई र कुमार अधिकारी, जयेन्दु बालसुधार गृहका प्रमुख विमला काउचा मगर, नौवस्ता बालसुधार गृहका प्रमुख श्याम बहादुर राना, बालन्याय समितिका सदस्यहरू सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी, समाजसेवी अरुणकुमार सिंह लगायतको पनि सहभागिता थियो ।

यसअघि जयन्दु बाल सुधारगृहमा रहेका बालकहरूलाई गम्भीर किसिमको छाला सङ्क्रमण भई विभिन्न समस्या आएको र बेला बेलामा भारईरल फ्लु लगायत विभिन्न रोगहरू लाग्ने गरेकोले नियमित स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था नहुँदा समस्या हुने गरेको जनाइएको छ । अहिले आएर नेपालगन्जका दुई ठुला अस्पतालले निःशुल्क उपचार र स्वास्थ्य परीक्षण गर्ने सहमति बनेकोले अबदेखि बालकहरूको स्वास्थ्य उपचारमा सहजता हुने नौबस्ता बाल सुधार गृहका प्रमुख श्याम बहादुर रानाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu