ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपप्रधान एवं गृहमन्त्री लामिछानेद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण


एबीसी न्यूज
२७ फाल्गुन २०८०, आइतबार   ३ : १७   बजे

काठमाडौं २७ फागुन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नुभएको छ । उहाँले आज प्रधान कार्यालयको निरीक्षण गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा गृहमन्त्री लामिछानेले राजनीतिक हस्तक्षेपका कारण संगठन र त्यसको नेतृत्वले वृत्ति विकासको सुनिश्चित्ता गर्न नसक्दा सरुवा–बढुवाका लागि समेत शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्था रहको बताउनुभयो । त्यसको आफूले अन्त्य गर्ने बताउनुभयो ।

 

पहिलोपटक गृहमन्त्री हुँदा डीआइजी र एसएसपीहरुको सरुवाका क्रममा आफूले गरेको उहाँले स्मरण गर्नुभयो । “त्यसबेला सरुवा भएर मधेस प्रदेशमा जानुहुने वर्तमान महानिरीक्षकले नै त्यसबारे धेरै बताउन सक्नुहुन्छ” उहाँले भन्नुभयो ।

“कर्मचारी सरुवा–बढुवाका लागि कतै धाउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक पर्छ । त्यसको योजना बनाएर ल्याउनुस्, कसरी–के गर्नुपर्छ, म गर्नेछु” मन्त्री लामिछानेले भन्नुभयो ।

 

कुनै व्यक्ति विशेषको सरुवा–बढुवा गर्ने र त्यसवापत लाभ लिएर पेट पाल्ने उद्देश्य पूरा गर्न आफू गृह मन्त्रालयमा नआएको उहाँले बताउनुभयो । आफूलाई केही फरक गर्ने चाहना रहेको चर्चा गर्नुभयो । नीति–विधि स्थापित गर्ने हुटहुटी र प्रणालीको विकास एवं बेथितिको अन्त्यको दृढसंकल्प बोकेर आफू जिम्मेवारीमा आएको उहाँले बताउनुभयो ।

“आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिनुहोस् । अनावश्यक भारी नबोक्नुहोस् । निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गर्नुहोस्” उपप्रधानमन्त्री लामिछानेले थप्नुभयो, “नीति र विधिभित्र रहेर काम गर्नुहोस् । कुन व्यक्ति, कुन स्थानका लागि योग्य छ, सोही स्थानमा राख्नुहोस् । मबाट तपाईंहरुको काममा हस्तक्षेप हुने छैन ।”

व्यक्तिलाई केन्द्रित नगरी अधिकांशको हित हुनेगरी दीर्घकालसम्मका लागि नीति बनाउन आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो । हरेक नागरिकले सुरक्षित महसुस हुनेगरी प्रहरीले सेवा दिन आवश्यक रहेको उहाँको निर्देशन छ । “सानालाई ऐन र ठूलालाई चैनको अवस्था कुनै हालतमा पनि सैह्य हुँदैन” उहाँले थप्नुभयो, “अनुसन्धान निश्पक्ष र बस्तुनिष्ठ हुनुपर्छ । आरोपित, अभियुक्त र अपराधी को र कुन पार्टीको हो भनेर अनुहार हेर्ने अवस्थाको अन्त्य हुनैपर्छ ।”

कुनै पनि घटना वा अपराधको छानबिन वा अनुसन्धान हुँदैगर्दा को प्रतिवादी हुने वा नहुने भन्ने निर्धारण आदेशले होइन प्रमाणले गर्नुपर्छ उहाँले भन्नुभयो, “कानुनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन, प्रमाणको आधारमा निश्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुहोस् ।”

 

तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्न नपरोस् भन्दै मन्त्री लामिछानेले भन्नुभयो, “प्रहरी संगठनका विद्यमान समस्या समाधानमा इमान्दार प्रयास गर्ने छु ।”

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त कुँवरले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीको सांगठनिक संरचना, जनशक्ति परिचलान, समस्या र चुनौतीबारे जानकारी गराउनुभयो । त्यसअघि मन्त्री लामिछानेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै वीरगति प्राप्त प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group