ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँपालिका उपाध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


एबीसी न्यूज
२७ फाल्गुन २०८०, आइतबार   ४ : १७   बजे

काठमाडौं २७ फागुन ।  दोलखाको तामाकोशी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष उर्मिला खड्कासहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, तत्कालीन लेखा अधिकृत विजय लुइँटेल, योजना शाखाका तत्कालीन लेखापाल रामबहादुर कार्की, तत्कालीन इन्जिनियर सुबोधकुमार चापागाई, तत्कालीन सबइन्जिनियर सिर्जना दुवाललगायत १२ जनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपपत्र दायर भएको छ।

गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का, वडा नम्बर १ का वडाध्यक्ष महेश्वर काफ्ले, वडा नम्बर ४ का वडा अध्यक्ष होमबहादुर श्रेष्ठ, उपभोक्ता समितिका अध्यक्ष इराजन पोखरेल, सचिव नम्रता महत, कोषाध्यक्ष माण्डवी पोखरेल र गाउँपालिका ३ का तत्कालीन र हालका वडाध्यक्ष रामप्रसाद काफ्लेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

उनीहरुविरुद्ध तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न बनेको उपभोक्ता समिति, अनुगमन समिति, वडाध्यक्ष र प्राविधिकको मिलेमतोमा नक्सा अनुसारको काम नहुँदा समेत गैरकानुनी तवरबाट बजेट निकासा गरेको आरोप छ।

भवनको लम्बाइ छोटो, पिलर तथा टाई बिमको साइज घटी बढी रहेको र भवन निर्माण स्थलमा रहेको पुरानो भवनको सामग्री बेचेर खर्च गरेको भन्ने उजुरीमा अनुसन्धान हुँदा गाउँपालिकाबाट १२ लाख ८९ हजार ३२० रुपियाँ नेपाल सरकरालाई हानि पुर्‍याएको आयोगले जनाएको छ। आयोगका अनुसार उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना हुन मागदाबी आइतबार आरोपपत्र दायर भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu