ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद सापकोटालाई हटाउने पत्र संसद सचिवालय पुग्यो


एबीसी न्यूज
३० फाल्गुन २०८०, बुधबार   १ : ४०   बजे

काठमाडौं ३० फागुन । जनमत पार्टीले सांसद गोमा लाभ सापकोटालाई कारबाही गरेको भन्दै संसद सचिवालयमा पत्र पठाएको छ ।

पार्टीको निर्देशन नमानेको र स्पष्टीकरण सोध्ने र सफाइ पेश गर्ने लगायतका आन्तरिक कारबाही पूरा गरेर सांसद सापकोटा पार्टीबाट निकालिएको भनी जनमत पार्टीको संसदीय दलले यही फागुन २७ गते संसद सचिवालयमा पत्र पठाएको हो ।

पत्र अनुसार सापकोटा पार्टीको कारबाहीमा परेको सूचना संसदमा जानकारी गराएको खण्डमा सांसद पद रिक्त हुन्छ । तर, यस सम्बन्धमा संसद सचिवालयले निर्णय लिइसकेको छैन ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसद सचिवालय प्राप्त पत्रमाथि अध्ययनमा छ । ‘राजनीतिक दल सम्बन्धी व्यवस्था उल्लेख गरेर पत्र आएको छ । प्राप्त पत्रमाथि अध्ययन भइरहेको छ,’ उनले भनेका छन् ।

यसअघि, जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिले अनुशासन उल्लंघन गरेको भन्दै सापकोटालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो । त्यस निर्णयका आधारमा जनमत पार्टीले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ उल्लेख गरेर संसद सचिवालयलाई पत्र पठाएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ मा दल त्याग गरेको सम्बन्धी सूचना दिनुपर्ने व्यवस्था छ ।

‘संघीय संसद वा प्रदेश सभाको सदस्य रहेको दलको सदस्यले यस ऐन बमोजिम दल त्याग गरेमा वा निजलाइई दलबाट निष्कासन गरिएमा त्यसको निर्णय सहितको सूचना सम्बन्धित संसदीय दलले सम्बन्धित सभाको सचिवालयलाई दिनुपर्नेछ’ दफा ३४ को उपदफा ९१० मा छ । प्राप्त सूचना संसद सचिवालयले सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्ष समक्ष पेश गर्छ ।

पत्र प्राप्त भएको १५ दिन भित्र सदनमा पेश गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सदन नरहेको अवस्थामा भने सूचना टाँस गर्न सकिन्छ । सदनमा जानकारी गराएपछि वा सूचना टाँस भएपछि कारबाहीमा परेको सदस्यको पद रिक्त हुने कानुनी व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu