ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री लामिछाने माथि कांग्रेसले प्रश्न उठायो


एबीसी न्यूज
३० फाल्गुन २०८०, बुधबार   २ : ०३   बजे

काठमाडौं ३० फागुन । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाइएको भन्दै प्रश्न उठाएको छ ।

प्रतिनिधि सभाको बैठकमा सचेतक सुशीला थिङले गृहमन्त्री लामिछानेको योग्यतामा प्रश्न उठाएकी हुन् ।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानबाट उठेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सचेतक सुशीला थिङलाई बोल्ने समय दिएका थिए ।

उनले उथलपुथल ल्याउँछु भन्ने प्रधानमन्त्री प्रचण्डले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री नियुक्त गरेको भन्दै आलोचना गरिन् । उनले भनिन्, ‘उहाँले ९प्रधानमन्त्री प्रचण्ड० ले कसरी मन्त्रीहरु ल्याउनु भएछ भने सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेकालाई गृहमन्त्रीमा ल्याउनु भएछ, साँच्चिकै उहाँले उथलपुथल गरेर ल्याउनु भएछ ।’

सत्ता गठबन्धन फेरबदल हुँदा प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपालाई समेत समेटेर मन्त्रीमण्डल गठन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापति लामिछानेलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नियुक्त गरेका थिए ।

अब सहकारी ठगी प्रकरणमा अनुसन्धान होला कि नहोला भनेर थिङले प्रश्न गरिन् । ‘के नेपाल सरकारका प्रहरीले गृहमन्त्रीलाई स्यालुट गर्दै अनुसन्धानमा आफ्नो मुद्दामा आफैंलाई दोषी हो भन्न ठहर हुने गरी यो अनुसन्धान होला कि नहोला यो सम्मानीय प्रधानमन्त्रीज्यूले जवाफ दिने कि नदिने रु’ उनले भनिन् ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १७६ मा भएको व्यवस्था अनुसार स्वार्थ बाझिने मुद्दामा न्यायाधीशले फैसला गर्न मिल्दैन भनेर व्यवस्था गरिएको भए पनि आफ्नो मुद्दामा आफैं न्यायाधीश हुन पाउने व्यवस्था हुने गरी गृहमन्त्री बनाएर ल्याइएको भन्दै विरोधसमेत जनाइन् ।

कांग्रेसले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङको सचिवालय सुन तस्करी र सहकारी ठगी प्रकरणमा मुछिएको विषयमा पनि प्रश्न उठाएको छ । यी विषयहरु निराकरण नभएसम्म संसदका आगामी बैठक सहज ढंगले चल्छ भनेर अनुमान नगर्न कांग्रेस सचेतक थिङले चेतावनी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu