ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वर्णिम वाग्ले-रोजेरै मन्त्रालय लिएका छौं, काम गर्न नसके आफैं बाहिरिन्छौं


एबीसी न्यूज
३० फाल्गुन २०८०, बुधबार   २ : २१   बजे

काठमाडौं ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले काम गर्न नसकेको दिन सरकारबाट बाहिरिने बताएका छन् ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै वाग्लेले यसपटक सरकारमा रोजेरै मन्त्रालय लिएको र काम गरेर देखाउने बताए ।

‘हामी बिगार्न, भत्काउन, तोड्न, उखेल्न आएको होइन, हाम्रो प्रवेश सशर्त छ, हामी काम गर्न आएका हौं, काम देखाउन आएका हौं’, उनले भने, ‘प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा थियौं, प्रश्न गर्‍यौं । अब सरकारबाट डेलिभर गर्न सकिन्छ कि भनेर आएका छौं ।’

वाग्लेले अगाडि भने, ‘सुशासन र युवाकेन्द्रित मन्त्रालयहरु रोजेरै लिएका छौं, गर्न नसकेका दिन आफैं बाहिरिन्छौं, प्रधानमन्त्रीज्यूलाई सजिलो बनाइदिन्छौं, उहाँले हामीलाई गलहत्याउन पर्दैन ।’

रास्वपालाई अहिले नै सरकारमा नगएको भए हुन्थ्यो, पुराना दलहरुसँग सहकार्य नगरेको भए हुन्थ्यो भन्ने सुझाव आएको भन्दै उपसभापति वाग्लेले राजनीतिमा अनुभव र नयाँपन दुबैथरिको उत्तिकै महत्व हुने जवाफ दिए ।

भारतका पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीलगायत विश्वका विभिन्न नेताको उदाहरण दिँदै उनले सरकारको नेतृत्व गर्न मन्त्री भएर अनुभव लिँदा फाइदा हुने आशय व्यक्त गरे ।

‘फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी साथीले चासो राख्न सक्नुहुन्छ तर सन्तुलन कसरी मिलाउने भन्ने कुरा हाम्रो आन्तरिक पार्टी मेकानिजमलाई छाडिदिनुहोला’, वाग्लेले भने ।

राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्ने भन्दै उनले चेस खेल्न बसेपछि गोटी चाल्नैपर्ने बताए ।

‘चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ, उँट, घोडा, हात्ती, रानी, पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेक मेट गर्ने अवस्थासम्म हामी पुग्न चाहन्छौं’, वाग्लेले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group