काठमाडौ १ चैत । सुनसरीको धरानबाट भोजपुरका लागि छुटेको जीप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको छ। उदयपुरको बेलका नगरपालिका– ७ मा उक्त जिप भीरबाट खसेको हो । भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको छ ।नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार घटनास्थलमा नै ६ जनाको शव भेटिएको छ ।घटनास्थलमा रहेका ७ जनालाई उद्दार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।







प्रतिक्रिया दिनुहोस्