ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समानुपातिक सांसदहरु विरुद्धको रिट संवैधानिक इजलासबाट खारेज


एबीसी न्यूज
१ चैत्र २०८०, बिहिबार   १ : ३०   बजे

काठमाडौं १ चैत । सबैजसो दलका समानुपातिक सांसदहरुलाई पदमुक्त गरी नयाँ चयन गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा दायर रिट निवेदन खारेज भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार रिट निवेदन खारेज हुने निर्णय सुनाएको हो । तर उसले त्यसक्रममा केही निर्देशनात्मक आदेश जारी हुने आदेश गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले सामूदायिक सांसदहरुको योग्यतामा प्रश्न उठाई दायर भएको रिट निवेदन खारेज भएको बताए । ‘इजलासले नै रिट निवेदन खारेज हुने निर्णय सुनाएको हो, त्यसक्रममा केही निर्देशनात्मक आदेश जारी भएको छ,’ उनले भने, ‘निर्णयको पूर्णपाठ तयार भएको छैन । पूर्णपाठ आउँदा नै त्यसमा के कस्तो निर्देशनात्मक आदेश छन् भन्ने थाहा होला ।’

सिमान्तकृत, पिछडिएको र राजनीतिको मूल प्रवाहमा समाहित हुन नसकेकाहरुलाई समानुपातिक प्रणालीको उम्मेद्वार बनाउनुपर्नेमा लामो समय राजनीतिमा सक्रिय रहेका, प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने हिम्मत नराखेका अनि पहुँचवालाहरु समानुपातिक सूचीमा बसेको र निर्वाचित भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।

बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने सहित अधिवक्ता रविन शर्माले रिट निवेदनमार्फत प्रमुख दलका कतिपय समानुपातिक सांसदहरु अयोग्य भएकाले उनीहरु निर्वाचित भएको निर्णय खारेज गरी नयाँ निर्वाचित गर्नुपर्ने माग राखेका थिए ।

निर्वाचित सांसदहरुले करिव एक वर्षभन्दा बढी समयदेखि काम गरेकाले उनीहरु निर्वाचित भएको निर्णय बदर गर्दा अराजकता हुने र व्यवहारिक नहुने भन्दै इजलासले रिट खारेज भएको निर्णय सुनाएको बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बताए । उनले भने, ‘नियुक्ती भएको एक वर्ष बितिसकेको छ, एक वर्षपछि त्यसलाई बदर गरेर फेरि अर्को निर्वाचित गर्नु भनेर आदेश दिँदा अराजकता पनि हुनसक्छ भनेर निवेदन खारेज भएको कुरा इजलासले सुनायो ।’

समानुपातिक निर्वाचन प्रणालीमा विकृती देखिएको र दलहरुले पहुँचवालाहरुलाई समानुपातिक सांसद बनाएको भन्दै २१ पुस, २०७९ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । एक महिनापछि नै सुनुवाई गरेको सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरी मुद्दालाई अग्राधिकार ९प्राथमिकतामा राख्ने० दिने आदेश गरेको थियो ।

२७५ सिट रहेको प्रतिनिधिसभामा ४० प्रतिशत अर्थात ११० जना सांसदहरु समानुपातिक प्रणालीबाट चयन हुन्छन् । सामाजिक न्यायको सिद्धान्त अनुसार समानुपातिक सूची चयन गर्नुपर्नेमा दलहरुले त्यसको उल्लंघन गरी मनोमानी रुपमा सांसदहरु चयन गरेको भन्दै योग्यतामा प्रश्न उठ्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group