ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीलाई मार्गप्रशस्त गर्न सांसद सीता मिजारको सुझाव


एबीसी न्यूज
१ चैत्र २०८०, बिहिबार   १ : ४४   बजे

काठमाडौं १ चैत । नेपाली कांग्रेसकी सांसद सीता मिजारले आफूमाथि लागेका आरोपहरुको निश्पक्ष छानबिनका लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहयोगी हुनुपर्ने बताएकी छन् । यसका लागि गृहमन्त्रालयले मार्गप्रशस्त गर्नुपर्ने उनको सुझाव छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले गृहमन्त्री लामिछाने सहकारी ठगी काण्डमा संलग्न रहेको भनी जिल्ला प्रशासन कार्यालय कास्कीमा मुद्दार जाहेरी परेको बताइन् ।

उनले अगाडि भनेकी छन्, ‘‘आम रुपमा गृहमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न उठेको छ । मुलुकमा कानुनी शासन स्थापना गर्ने सन्दर्भमा मुख्य अबिभारा बोकेको गृह प्रशासनको बागडार सम्हालेर बसेको नेतृत्वमाथि नै यसरी गम्भीर नैतिक प्रश्न भएको छ ।’

प्राकृतिक न्याय सिद्धान्तका आधारमा समेत गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १७६ मा न्याय निरुपण गर्नको लागि न्यायाधीशले आफ्नो स्वार्थ बाझिएको अवस्थामा मिल्दैन भन्नुपर्ने व्यवस्था रहेको उनले स्मरण गरिन । यस अभ्यास समेतका आधारमा स्वार्थ बाझिाएको र आफैंमाथि आरोप लागेको विषय हेर्ने जिम्मेवारीमा बसिरहन नहुने उनको सुझाव छ ।

गृहमन्त्री लामिछानेमाथि सहकारीका सम्बन्धमा प्रश्न, जाहेरी र मुद्दा रहेको दोहोर्‍याउँदै उनले भनिन्, ‘‘त्यसकारण सार्वजनिक पदमा बसिरहनु कति जायज हो रु निश्पक्ष छानबिनको लागि मार्गपशस्त गर्ने कि नगर्ने रु गृहमन्त्रीज्युले यसको नैतिक जिम्मेवारी लिने कि नलिने ?

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनी सरकारबाट जसपाले फिर्ता लियो समर्थन, मुख्यमन्त्री आचार्यलाई विश्वासको मतमा चुनौती

संघीय संसद्का दुवै सदनको बैठक आज, चार विधेयक प्रतिनिधिसभामा पेस हुँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu