ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष ओली- राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्छ


एबीसी न्यूज
१ चैत्र २०८०, बिहिबार   ४ : ३१   बजे

काठमाडौं १ चैत । नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्ने बताउनुभएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका(६ नम्बर वडा कार्यालय भवनको आज उदघाटन गर्दै अध्यक्ष उहाँले स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दल एक ठाउँमा हुनुपर्ने बताउनुभयो ।

“सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “विकास निर्माणका काम अगाडि बढाउन देशमा सबैले शान्ति उपभोग गर्न सबै मिल्न जरुरी छ ।” अध्यक्ष ओलीले नवनिर्मित वडा कार्यालय भवनबाट जनताले सहजरुपमा सेवा पाउनुपर्ने बताउनुभयो । “यस वडा कार्यालयबाट यहाँका जनताले सेवा सुविधा र विभिन्न सहयोग प्राप्त गर्ने छन् भन्ने मलाई विश्वास छ”, उहाँले भन्नुभयो, “यहाँका जनताका समस्या समाधानका लागि म पहल गर्छु ।”

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले दोधारा चाँदनीका जनताका समस्या समाधानका लागि पहल गरिदिन अध्यक्ष ओलीसँग आग्रह गर्नुभयो । “यहाँ महाकाली नदी कटानको समस्या छ, विकास निमार्णका काम अगाडि बढाउन शुक्लाफाँटा निकुञ्जबाट बाधा पुग्छ”, उहाँले भन्नुभयो, “दोधारा चाँदनी सुक्खा बन्दरगाह यथाशीघ्र अगाडि बढाइदिन आग्रह गर्छु ।” आजै अध्यक्ष ओलीले महाकाली नदीमा निर्मित चार लेनको पक्की पुल र दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको स्थलगत अवलोकन गर्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनी सरकारबाट जसपाले फिर्ता लियो समर्थन, मुख्यमन्त्री आचार्यलाई विश्वासको मतमा चुनौती

संघीय संसद्का दुवै सदनको बैठक आज, चार विधेयक प्रतिनिधिसभामा पेस हुँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu