काठमाडमै २ चैत । नेपाल टेलिकम एनटिसीको टावर परिसरमा कुकर बम विष्फोट भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिरसिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विष्फोट भएको हो ।
विष्फोटबाट भवनको झ्यालमा सामान्य क्षति भएको तर टेलिकमको टावरमा भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।बम विष्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट टोली खटिएको थियो ।
।घटनाको थप अनुसन्धान भइरहेको र विष्फोट गराउने काममा संलग्नहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्