ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी प्रकरणबारे संसद्‌मा उभिएर जवाफ दिन्छु- रवि लामिछाने


एबीसी न्यूज
२ चैत्र २०८०, शुक्रबार   १२ : ४३   बजे

काठमाडौं २ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई सहकारी प्रकरणसँग जोडेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्‌मा उठाएका प्रश्नबारे आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

गृहमन्त्री लामिछानेले आज प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्यसूची रहेकामा कांग्रेसले उनी स्वयं प्रश्नको घेरामा रहेको व्यक्ति भन्दै उपयुक्त जवाफ प्राप्त नहुँदासम्म विधेयक पेस गर्न नदिने अडान लिएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछानेको राजीनामा मागेका छन् ।

कांग्रेसको अडानबारे सोधिएको प्रश्नमा गृहमन्त्री लामिछानेले आफू सभामुखबाट रुलिङ भएको खण्डमा संसद्‌मा उभिएर जवाफ दिन तयार रहेको बताएका हुन् ।

‘संसदमा केही माननीयहरूले प्रश्न उठाउनुभएको थाहा पाएँ, सहकारी प्रकरणमा म संलग्न छैन भनेर यसअघि भनिसकेको छु,’ लामिछानेले भने, ‘तर प्रश्न उठाइसकेपछि जवाफ दिन कुनै कठिनाइ छैन । सभामुखज्यूबाट रुलिङ भएको खण्डमा म कुनै पनि बेला उपस्थित भएर जवाफ दिन्छु ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुराना दलको क्षयीकरण र नयाँ राजनीतिक शक्तिको चुनौती

कोशीमा मन्त्रिपरिषद् विस्तार रोकियो, नेकपाभित्रै मन्त्रीका आकाङ्क्षी धेरै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu